काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्र, प्रदेश र स्थानीय तह गरी तीनै क्षेत्रमा ‘नव–प्रवर्तन तथा स्टार्टअप विभाग’ गठन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे।
रास्वपाका अनुसार निजामती सेवा विधेयक तथा नेपालको सार्वजनिक प्रशासनका भएका, हुनुपर्ने तथा गरिनुपर्ने व्यवस्थाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न अध्ययन कार्यदल गठन गरिने निर्णय समेत बैठकले गरेकाे छ।
यी हुन् बैठकले गरेका निर्णयहरू
१) निजामती सेवा विधेयक तथा नेपालको सार्वजनिक प्रशासनका भएका, हुनुपर्ने तथा गरिनुपर्ने व्यवस्थाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्नु देहायका विज्ञहरुको सहमति तथा संलग्नतामा एक अध्ययन कार्यदल गठन गरिएको छ।
क) श्री शारदा प्रसाद त्रिताल, पूर्व सचिव, नेपाल सरकार
ख) श्री पूर्णचन्द्र भट्टराई, पूर्व सचिव, नेपाल सरकार
ग) श्री भागवत खनाल, पूर्व सहसचिव, नेपाल सरकार
घ) श्री कृष्णप्रसाद अधिकारी, पूर्व प्रशासक तथा अधिवक्ता
ङ) श्री लिलाराज ढकाल, चार्टर्ड एकाउन्टेन्ट, पूर्व प्रशासक
२) नेपाल उर्जा क्षेत्रको विस्तृत अध्ययन गरी पार्टीको तर्फबाट उर्जा नीति, योजना र मार्गचित्र तयार गरी केन्द्रीय समितिलाई पेश गर्ने कार्यादेशका साथ देहायका सदस्यहरु सम्मिलित कार्यदल गठन गरिएको छ ।
क) ई. श्रीराम न्यौपाने, उर्जा तथा भूमिगत संरचना विज्ञ, संयोजक
ख) ई. देबेन्द्र कार्की, उर्जा विज्ञ (पूर्व सचिव, नेपाल सरकार), सदस्य
ग) ई. डा सरोज अधिकारी, उर्जा विज्ञ, सदस्य
३) पार्टीको केन्द्र, प्रदेश र पालिका तीनै तहमा 'नव–प्रवर्तन तथा स्टार्टअप विभाग' गठन गर्ने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।