काठमाडौं– नेकपा एमालेले त्रिवि सेवा आयोगले लिँदै गरेको प्राध्यापक र सहप्राध्यापकहरुको अन्तर्वार्ता बिथोल्न कांग्रेस निकट विद्यार्थी संगठन (नेविसंघले) आयोगको कार्यलयमा ताला लगाएको आरोप लगाएको छ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सो पार्टीका सचेतक महेश बर्तौलाले उक्त आरोप लगाएका हुन्।
‘विभिन्न विभागहरुको अन्तर्वार्ताहरु सकिँदै थियो। आज समाजशास्त्र र हिन्दी भाषाको अन्तर्वाता थियो। हिजो दिउँसो निविसंघले तालाबन्दी गर्यो र घोषणा गर्यो यो अन्तर्वाता लिन पाँइदैन भनेर,’ सांसद बर्तौलाले भने, ‘सरकारको महत्त्वपूर्ण हिस्सेदार रहको नेपाली कांग्रेसको संगठनले सेवा आयोगको काममा अवरोध तुल्याएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।