काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाली युवा रसियन सेनामा भर्ती भएको र मृत्युवरण समेत गरेको भन्दै परराष्ट्रमन्त्रीको जवाफ माग गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै सांसद बजगाईंले परराष्ट्रमन्त्री एनपी सावदको जवाफ माग गरेका हुन्।
‘नेपाली युवाहरु रसियन सेनामा भर्ती भएर मृत्यु पनि भइसकेको अवस्था छ। रसियन दूतावासलाई हाम्रा परराष्ट्रमन्त्री ज्यूले के जिज्ञासा राख्नु भएको छ म उहाँलाई प्रश्न राख्छु,’ सांसद बजगाईंले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।