काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सडकमा खाल्टाखुल्टी रहेकोले पुर्नलाई सरकारसमक्ष आग्रह गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद खतिवडाले सडकका खाल्टाखुल्टीमा मान्छे नै पुरिने अवस्था रहेको भन्दै चिन्ता पनि प्रकट गरेका छन्।
‘खाल्टाखुल्टीमा सवारी साधन होइन मान्छे नै डुब्न र पुरिन लागिसके। देशका सम्पूर्ण खाल्टाखुल्टी पुर्न सरकारलाई आग्रह गर्छु,’ सांसद खतिवडाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।