काठमाडौं– एमाले सांसद रघुजी पन्तले महंगी अकासिएको भन्दै जनताको दशैं कसरी टार्ने भनेर सरकारलाई प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा कवितामार्फत प्रश्न गर्दै सांसद पन्तले सरकारको जवाफ मागेका हुन्।
सांसद पन्तको कविताः
खल्तीमा पैसा हालेर हिन्यो बजार
चामलको बोराले नाघ्यो तीन हजार,
रहर दाल किलोको दुई सय पचास,
बजार भाउ सुन्दा गुम्छ होस् हवास
सरकारले भाउ नै नसोध भनेझैँ गर्छ,
गोलभेँडाले के किन्नलास् र तैँले भनेर आँखा तर्छ
दशैं पेस्की आउने कहिले कहिले
पेस्कीमा महंगी आयो
सरकारका घर त उज्याला होलान्
नहुनेका घरमा अहिले नै अँध्यारो छायो
आउन लागेको दशैं सम्झेर जनता मुर्छा पर्छ
सरकार, गरिबको दशैं यसपालि कसरी टर्छ?
मेरो प्रश्न छ,
जवाफ देउ सरकार
जनताको दशैं यसपालि कसरी टर्छ?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।