काठमाडौं– अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनामा एक जना यात्रु बाँचेको खबर पाएपछि नेपाल मेडिसिटी हस्पिटलको चिकित्सकीय टोली दुर्घटनास्थल नुवाकोटको बेत्रावती नजिकै पुगेको छ।
घाइते अवस्थामा रहेका आनी डोल्माको उपचार शिघ्रातिशिघ्र होस् भन्ने हेतुले अस्पतालको चिकित्सक टोली हेलिकप्टर नै लिएर दुर्घटनास्थल नजिक पुगेको हो।
‘हामीले हेलिकप्टरमै मोवाइल आइसीयूको व्यवस्था गरेर दुर्घटनास्थल नजिकै आइपुगेका छौं’ डाक्टर संजय कार्कीले नुवाकोट बेत्रतावती नजिकैबाट नेपाललाइभसँग भने, ‘दुर्घटनास्थल अलिक विकट भएकाले हामी त्यहाँसम्म पुग्न सकेका छैनौं तर हाम्रो प्रयास जारी छ।’
दुर्घटनास्थलमा उद्धारटोली पुगेको र घाइतेलाई हेलिकप्टरमा रहेको मिनि आइसीयूसम्म ल्याएपछि उनलाई सुरक्षित तरिकाले काठमाडौंको मेडिसिटी ल्याइने छ।
उक्त दुर्घटनामा चालक सहित ७ जना रहेकाेमा अानी बाहेक अन्य ६ जनाकाे मृत्यु भइसकेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।