काठमाडौं– नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा निर्वाचनमा मोबाइल, पर्चा–पम्लेट लैजान रोक लगाइएको छ।
बिहीबार मतदान सुरु हुनुअघि प्यानलगत नबनोस् भन्नको लागि मोबाइल, पर्चा–पम्लेट लैजान रोक लगाइएको हो। प्यानलगत नबनोस् भन्न र पार्टी सुदृढ गर्नको लागि निर्वाचन क्षेत्रमा प्रवेश गर्दा सो सामग्री लैजान रोकिएको निर्वाचन अधिकृत सुरेन्द्र थापा मण्डलले बताए।
गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टका अनुसार विजय प्राप्त नगर्नेलाई यथोचित जिम्मेवारी दिने र भोलिका दिनमा पार्टी सुदृढ बनाउन उनीहरुको भूमिका उल्लेखनीय रहने बताए।
अहिले निर्वाचन प्रक्रिया चलिरहेको छ भने अबको केही समयपछि उम्मेदवारी घोषणा गरिने निर्वाचन अधिकृतले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।