• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख २६, २०८३ Sat, May 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शान्ति सम्झौता र जनयुद्धबारे ओलीले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्छ : माओवादी सांसद सापकोटा

64x64
नेपाल लाइभ बिहीबार, असोज १८, २०८०  १६:५९
1140x725

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विस्तृत शान्ति सम्झौता र माओवादी जनयुद्धबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो आग्रह गरेका हुन्। सापकोटाले ओलीको अभिव्यक्ति विस्तृत शान्ति सम्झौता, नेपालको संविधान र ओली नै अध्यक्ष रहेका बेला तत्कालीन नेकपाले निर्वाचन आयोगमा बुझाएको प्रतिवेदनकोसमेत भावनाविपरीत रहेको बताए।

पूर्व प्रधानमन्त्रीसमेत रहेका रहेका प्रमुख प्रतिपक्षी दलका नेताले गैरजिम्मेवार अभिव्यक्ति दिन नसुहाउने उनको टिप्पणी थियो। सापकोटाले आफ्नो अभिव्यक्तिप्रति पुनर्विचार गर्न पनि ओलीलाई अनुरोध गरेका छन्। 

यस्तै पूर्वको धरानबाट सुरु भएको सामाजिक अराजकता विस्तार हुँदै नेपालगन्जसम्म पुगेका बेला जिम्मेवार राजनीतिक नेताले त्यसलाई सम्हाल्न जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा भड्काउने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए।

संसद्‌मा घण्टौंसम्म भाषण गर्दासमेत सामाजिक सद्भाव कायम राख्न एक शब्द उच्चारण नगर्नुलाई आफू र आफ्नो दलले गम्भीर रुपमा लिएको सापकोटाको भनाइ थियो।

nimb
nimb
Ncell 2
Ncell 2

‘प्रमुख प्रतिपक्षी दल भनेको 'पार्ट अफ दि इस्टेट' हो। 'वेइटिङ गभर्नमेन्ट'को मूल नेताले शान्ति सम्झौताविपरीत अभिव्यक्ति दिएर हिजो युद्धमा गएका सबै घाइतेहरुले गोली बोकेको शरीर लिएर सडकमा आन्दोलन गर भन्न खोजेको हो?’, उनले भने, ‘धरानदेखि नेपालगन्जसम्मका घटनाहरुले समाजलाई राम्रो सन्देश दिएको छैन। सबै दल एउटै मञ्चमा बसेर पत्रकार सम्मेलनमार्फत् एउटा सन्देश दिनुपर्‍यो, हामी यसो भनिरहेका छौं। देशमा अर्को द्वन्द्वको चित्र आइराखेको छ। म भन्न चाहन्छु सभामुख महोदय प्रमुख प्रतिपक्षी दलका नेताले आफूले बोलेका कुराहरु दुईवटा कोणबाट एउटा देश, समाजिक सद्भाव भड्काउँदा अराजकताको स्थितिमा छ त्यस हिसाबले हामीले सम्हाल्नुपर्दछ। अर्को संवैधानिक हिसाबले व्यवस्थित गरिएका द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्ने नेपालबाट सिकौं भनिरहेका छौं।’
 
उनले अघि भने, ‘संसारलाई गौरवको शिक्षा दिइरहेका छौं। दुईटा हिसाबले प्रमुख प्रतिपक्षी दलका नेताले दिएका अभिव्यक्ति निकै गम्भीर छन्। त्यसमा प्रमुख प्रतिपक्षी दलका नेताले रिथिङकिङ गर्नुपर्छ भन्ने म निकै जोड दिएर कुरा राख्न चाहन्छु।’
 
उनले नेपालको संविधानको प्रास्तावनामै नेपाली जनताले पटक–पटक गर्दै आएका शान्तिपूर्ण र सशस्त्र संघर्ष र बलिदानलाई स्मरण र सहिदहरुलाई सम्मान गर्दैनौं भन्ने भाषा प्रयोग भएको स्मरण गराए। ओलीले नै नेकपा अध्यक्ष हुँदा माओवादी जनयुद्धको वैधता स्वीकार गरिसकेको तथ्य सापकोटाले प्रस्तुत गरे।

नेकपाले निर्वाचन आयोगलाई २०७५ साल जेठ ३ गते मा बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘एकातिर नेकपा एमालेको नेतृत्वमा सञ्चालित शान्तिपूर्ण र वैधानिक आन्दोलनले कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्यो भने अर्कातिर तत्कालीन नेकपा माओवादीको नेतत्वमा सञ्चालित जनयुद्धले उत्पीडित, वर्ग, जाति, क्षेत्र, लिंग र विभिन्न सांस्कृतिक समुदायका जनतामा राजनीतिक चेतना र जागरण ल्याउन तथा संगठित र आन्दोलित गर्न महत्त्वपूर्ण भूमिका खेल्यो।’

उक्त कुरालाई स्‍मरण गराउँदै सापकोटाले भने, ‘के यी तथ्यहरुका आधारमा प्रमुख प्रतिपक्षी दलका नेताले बोलेका अभिव्यक्तिहरुमा हाम्रा सबै संस्थागत रुपमा व्यवस्थित गरिएका कुराहरुका विरोधमा छन् कि छैनन्?’

सापकोटाले विस्तृत शान्ति सम्झौताको बुँदा नम्बर ९ समेत पढेर संसद्‌मा सुनाए। ‘संविधान सभामार्फत् नेपाली जनताको सार्वभौम सत्ताको सुनिश्चितता, अग्रगामी राजनीतिक संरचना र आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण गर्न दुवै पक्षबीच राजनीतिक सहमतिका आधारमा भएको देशमा २०५२ सालदेखि चल्दै आएको सशस्त्र द्वन्द्वलाई अन्त्य गरी शान्तिपूर्ण सहकार्यको नयाँ अध्याय प्रारम्भ भएको घोषणा गर्दै नेपाल सरकार र नेकपा माओवादीबीच भएको युद्धबिरामलाई दीर्घकालीन शान्तिमा परिणत गर्ने प्रतिबद्धताका साथ नेपाल सरकार र नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता सम्पन्न गरिएको छ।’

ओलीले सामाजिक सदभाव खलल पार्न भइरहेका प्रयासबारे मुख नखोलेको उनले बताए। ‘नेपालगञ्ज कर्फ्यूले घेरिएको छ। भदौको पहिलो हप्ता धरान यस्तै चपेटामा थियो र सिराहामा त्यस्तै भयो। देशैभरी जातीय र साम्प्रदायिक घटना बढिरहेका छन्। चिकित्सक सुरक्षित छैनन्, हातपात भइरहेको छ। प्राध्यापकमाथि त्यस्तै छ’, उनले भने, ‘तर संसदमा पूर्वप्रधानमन्त्री घण्टौं भाषण गर्नुहुन्छ। यस्ता सवालका बारेमा, अराजकता र यस्ता घटनाको नियन्त्रण गर्ने विषयमा कुरा आउँदैन।’

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १६:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश
सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित]
सम्बन्धित सामग्री
सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी बालेन शाह नेतृत्वको नयाँ सरकार आएपछि उनले प्रयोग गर्दै आएको सरकारी सुविधा बापतको गाडी फिर्ता गरेको कार्की प्रधानमन्त्री हुँदाका प्रे... शुक्रबार, वैशाख २५, २०८३
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित] निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस प्रणालीमा सबैभन्दा बढी खर्च गर्ने दलको सूचीमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्व... शुक्रबार, वैशाख २५, २०८३
परराष्ट्र मन्त्रालयले भन्यो: लिपुलेक समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले लिपुलेक क्ष... शुक्रबार, वैशाख २५, २०८३
ताजा समाचारसबै
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, वैशाख २५, २०८३
सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी शुक्रबार, वैशाख २५, २०८३
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित] शुक्रबार, वैशाख २५, २०८३
अभ्यास सिरिजमा नेपाल ‘ए’को लगातार दोस्रो जित, स्कटल्यान्डपछि अमेरिका ३ विकेटले पराजित शुक्रबार, वैशाख २५, २०८३
मनसुन २०८३ मा अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षाको सम्भावना, खडेरीको संकेत शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्