काठमाडौ- उत्तरी गोरखाको सानागाउँबाट ६ यात्रु लिएर काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलकोप्टर नुवाकोटमा फेला परेको छ।
हेलिकोप्टरमा सवार ७ जनामध्ये ६ जनाको मृत्यु भएको छ भने १ जना महिलाको भने उद्धार गरिएको छ। जीवित महिलाकाे नाम अानी डाेल्मा डिकी रहेकाे बताइएकाे छ।
नुवाकोट जिल्ला पुरानाे बेत्रावती वडा नम्बर ३ बागबर्माखेतमा हेलिकोप्टर भेटिएको हो। हेलिकप्टर भेटिएकाे खबरलाइ अल्टिच्युड एयरका फुर्वा शेर्पाले पुष्टि गरे।
अल्टिच्युड एयरका प्रतिनिधि दुर्घटनास्थल पुगेका विमानस्थल कार्यालयका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिएका छन्। 'हेलिकोप्टरमा एक जना पाइलटसहित ७ जना यात्रु सवार थिए। एक जना महिला घाइते अवस्थामा भेटिएकी छिन्' प्रवक्ता तिवारीले भने।
हेलिकोप्टरमा सवार यात्रु र पाइलटको नाम :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।