फाइल तस्बिर
काठमाडौं-विधायन सम्बन्धि विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ।
बिहीबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रस्तुत भएको विधेयक सर्वसहमतिले स्वीकृत भएको हो। बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधायन सम्बन्धी विधेयक, २०८० माथि संसदमा विचार गरियोस् भनी सरकारले पेस गरेको विधेयक सर्वहमतिले पास भएको घोषणा गरे।
विधायन सम्बन्धी विधेयक २०८० कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा पेस गरेका थिए।
उनले संसदीय समितिको निर्देशनबमोजिम सरोकारवालाहरूको छलफलपछि प्राप्त सुझाबलाई समेटर विधेयक तयार पारेको जानकारी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।