काठमाडौं- पहिचान पुरस्कार कोषले २०७९ को पहिचान पुरस्कारका लागि उत्कृष्ट ८ वटा पुस्तक छनोट गरेको छ।
‘सर्ट लिस्ट’मा डा नवराज केसीको शून्यको मूल्य, प्रगति राईको थाङ्ग्रा, जानुका खतिवडाको आतोओडा, करुणा राईको रसिया राग, मञ्जुल मितेरीको कामी, प्रकाश गुरागाईंको जङ्क्सन पिपलबोट, पराजति पोमुको मद्घारा मेरो निर्माण, श्रीभक्त खनाल र खेमराज रानाभाटको तीन फरक विषय (फोकल्याण्ड युद्धका सिपाही, पहिलो विश्वयुद्धका चिठ्ठी र उनै जङ्गबहादुर) रहेका छन्।
यसअघि ८ वटा कृतिले पहिचान पुरस्कार पाइसकेका छन्।
पहिचान पुरस्कारको राशी चार लाख दुई हजार दुई रुपैयाँ छ। प्रत्येक वर्ष पहिचान पुरस्कारको घोषणा पुस महिनामा हुने कोषका संस्थापक नरेश काङमाङ राईले बताए।
![pahichan1696500640.jpg](https://nepallive.net/uploads/posts/pahichan1696500640.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।