काठमाडौं– नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमसीसीका अफिस एजुकेटिभ डाइरेक्टर (कार्यालय कार्यकारी निर्देशक)ले सँगै कार्यालय उद्घाटन गरेकोमा आपत्ति जनाएका छन्।
उनले संयुक्त उद्घाटन गर्दा प्रधानमन्त्री पदसँगको समान पद चाहिने भन्दै त्यस्तो नभएकोमा आपत्ति जनाए।
‘प्रधानमन्त्री र एमसीसीका एजुकेटिभ डाइरेक्टरले सँगै उभिएर एमसीसी कार्यान्वयन भएको हर्षौउल्लास कार्यक्रमको उद्घाटन गरे। मलाई अचम्म लाग्यो। यो ज्वाइन्टीले उद्घाटन गर्दा त इक्यिुभ्यालुट चाहिन्छ,’ उनले भने, ‘प्रधानमन्त्री पदसँग सुहाउने मान्छे भए त ठिकै छ।’ उनले एमसीसीका कार्यालय कार्यकारी निर्देशक र प्रधानमन्त्री पद समान हो भनेर प्रश्न समेत गरे।
सांसद पन्तले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख सल्लाहकार भएको अवस्थामा भारतीय दुतावासले बनाएका घर उद्घाटन गर्नका लागि राजदूतसहित संयुक्त रुपमा उद्घाटनको प्रस्ताव आउँदा आफूले नै इन्कार गरेको स्मरण गरे।
सहसचिवस्तरीय पद र प्रधानमन्त्रीको पद समान नभएको टिप्पणी उनको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।