• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

इन्टरनेटको पासोमा बालबालिका

64x64
नेपाल लाइभ मंगलबार, भदौ २६, २०७५  ०१:५८
1140x725

काठमाडाै‌- सूचना प्रविधिको विकाससँगै इन्टरनेटको प्रयोग पनि दिनानुदिन बढ्दै छ। धेरै फाइदासँगै बेफाइदा पनि उतिकै लिएर आएको छ इन्टरनेट। प्रयोगकर्ता सचेत नहुँदा कहिलेकाँही नकारात्मक असर देखिँदै आएका छन्। पछिल्लो सयम इन्टरनेटका माध्यमबाट बालबालिका दुरुपयोग हुने, दुर्व्यवहारमा र शोषणमा पर्ने गरेका छन्। विशेषगरी यौन दुर्व्यवहारका घटनामा इन्टरनेट सहायक भएको देखिँदै आएको छ। 

घटना : १ 
काठमाडौं जडिबुटीमा अस्थायी रूपमा बसोबास गर्दै आएकी सीता (नाम परिवर्तन)की छोरी एलिजा ११ वर्षकी भइन् । कक्षा ६ मा पढ्ने एलिजाका सबै इच्छा अभिभावकले पूरा गर्दै आएका छन्। कतार गएका उनका बुबा श्रमिकको काम गर्छन्। कमाइ राम्रै छ। छोरीको औधी माया गर्ने उनले गतवर्ष छोरीकै लागि आइप्याड पठाइदिए। 

उनी आइप्याडमा सामाजिक सञ्जालमा अभ्यस्त भइसकिन्। साधारण साक्षर भएपनि इन्टरनेटमा रमाउन नजान्ने उनकी आमाको पनि  फेसबुक अकाउन्ट खोलिदिएकी छन्। आमाको  एकाउन्ट पनि आफै 'ह्यान्डल'  गर्छिन् उनी। उनकै २ वटा एकाउन्ट छन्, रियल र साथीसँग रमाइलो गर्न बनाएको अर्को फेक अकाउन्ट। उनका धेरै साथीका पनि कम्तीमा २ वटा एकाउन्ट छन्।   

पछिल्लो समय आइप्याडले निकै व्यस्त बनाएको छ उनलाई। 'फेक' एकाउन्टका प्रायजसो सबै साथी नचिनेकै छन्। धेरै साथी भएको फेक एकाउन्टमा खाली हुने बित्तिकै स्टाटस अपडेट गरिहाल्छिन्। रमाइलो कुरा शेयर गर्छिन्। नचिनेका साथीलाई पनि सन्देश पठाउँछिन्। तर विगत केही सयमदेखि उनी एकजनासँगको च्याटमा बढी समय व्यतीत गर्न थालेकी छन्।

घटना : २
सुनसरी जिल्ला धरान घर भएका रवि शर्मा (नाम परिवर्तन) को परिवार व्यापारमा संलग्न छ। श्रीमतीदेखि बुबाआमासम्म सबैको आफ्नै व्यवसाय छ। एकमात्र सन्तान ९ वर्षीय छोरा राहुल छन्। परिवारका सबै सदस्यको आफ्नै व्यवासाय भएकाले छोरालाई समय दिन कसैलाइ फुर्सद छैन। 

घरमा कुनै सुविधाको कमी छैन। विद्यालयबाट फर्केपछि छोरा अन्यत्र नजाओस् भनेर घरमा इन्टरनेट जोडिदिएका छन् शर्माले। नेट जोडेपछि परिवारलाई ढुक्क, कहीं जाँदैन छोरा। घरमा नै नेट चलाएर बस्छन्। 

पछिल्लो समय विद्यालयका गतिविधिमा खासै ध्यान दिँदैनन् उनी। पढाई खस्केको छ। मोबाइलको व्यस्तताले उनलाई भ्याइनभ्याई छ।आफ्ना इच्छा सामाजिक संजालभरी छर्ने गरेका छन्। साथीका बुबाआमाले इटहरी र भेडेटार लगायतका स्थानमा घुमाउन लगिरहन्छन्। आफूलाई बाबुआमाले समय नदिएको प्रति निकै दुखेसो पोख्छन्, सामाजिक सञ्जालमै। 

एक जना अपरिचित व्यक्तिले उनका गतिविधि नजिकबाट नियाल्न थाले। बालकका इच्छा र आकांक्षाका बारेमा बुझ्न दोस्रो व्यक्तिलाई गाह्रो थिएन। प्रोफाइलमा पोस्ट गरिएका विषयले छर्लंगै पार्थ्यो। सन्देश पठाए अपरिचितले । भेडेटारमा गएर फोटो खिच्ने उनको इच्छा पूरा गर्दिने भए। अपरिचितका कुरा बालकलाई वास्तविक नै लाग्यो। घरबाट निस्किए आफ्नै मनलाई भेडेटार जान भनेर। तर ती अबोधलाई के थाहा, अपहरणमा परिएला भनेर।

Ncell 2
Ncell 2
nimb
nimb

घटना : ३
काठमाडौं कीर्तिपुर नगरपालिका टौदह विनिता (नाम परिवर्तन)ले पनि मोबाइल चलाउन सिकिन्। कक्षा ८ मा अध्ययनरत ती बालिकालाई फेसबुक मात्र चलाउन आउँथ्यो। उनले बुबा र आमाको पनि एकाउन्ट बनाइदिएकी थिइन्, तर आफैँ चलाउँथिन्। आफ्नै नाममा त एकाउन्ट थिएन। तर उनले पनि नक्कली आइडी बनाएकी थिइन्। त्यहीबाट कुराकानी गर्थिन्। उनलाई एकाउन्टमा केही चिनेका साथी थिए भने धेरै जना अपरिचित थिए। 

एक जनाले अपरिचितले सुरुसुरुमा उनीसँग राम्रै गरी कुराकानी गर्थे। केही समयपछि उनले अश्लील तस्बिर र भिडियो पठाउन थाले। यो कुरा अभिभावकले तत्काल थाहा पाएकाले सबै एकाउन्ट निष्क्रिय गरियो। र मात्रै, घटना थप ठूलो हुन पाएन। माबाइलको पहुँचबाट उनलाई अलग्याइयो। 

एलिजा, राहुल, र बिनिता त प्रतिनिधि पात्र मात्र हुन्। इन्टरनेटका माध्यमबाट बालबालिकामाथि दुर्व्यवहार हुने क्रम बढ्दै गएको छ। प्रत्येक ४ जना बालिकामध्ये १ जना दुर्व्यवहारमा पर्ने गरेका छन् भने प्रत्येक ६ जना बालकमध्ये १ जनाले दुर्व्यवहारको शिकार भएको एक अध्ययनको निष्कर्ष छ। कुन वर्ष कति बालबालिका दुर्व्यवहारमा परे, यकिन तथ्यांक छैन।

Xtrem

Xtrem

विशेषगरी फेसबुक प्रयोगले बालबालिकामाथि दुर्व्यवहार ह्वात्तै बढाएको निष्कर्ष निकालेको छ, भ्वाइस अफ चिल्ड्रनले हालै गरेको एक सर्वेक्षणले। 'सेक्सुअल एक्स्प्लोइटेशन अफ चिल्ड्रन अनलाइन इन नेपाल २०१७' नामक प्रतिवेदनले काठमाडौं उपत्यकाका बालबालिकामा सर्वेक्षण गरी उक्त निष्कर्ष निकालेको हो। 

काठमाडौं उपत्यकामा पाँच वर्षभन्दा माथि ११ वर्षभन्दा कम उमेर समूहका बालबालिकामा गरिएको सो सर्वेक्षणले ७२ प्रतिशत बालबालिकाको फेसबुक एकाउन्ट भएको आँकलन गरेको छ। त्यसमध्ये माबाइलबाट इन्टरनेट चलाउने बालबालिकाको संख्या आधा भन्दा धेरै छ। यसपछि ल्यापटपबाट इन्टरनेट चलाउने गरेको पाइएको छ। प्रायजसो बालबालिकाले घरमै बसेर इन्टरनेट चलाउँछन्, उक्त सर्वेक्षणको निष्कर्ष छ।

यसैगरी, सो उमेर समूहका पाँच प्रतिशत बालबालिकाले इन्टरनेटमा अश्लील सामग्री हेर्ने गरेको प्रतिक्रिया दिएका छन् भने ७७ प्रतिशत बालबालिका यस विषयमा खुल्न चाहेनन्। बाँकीले त्यस्ता सामग्री नहेरेको उल्लेख गरे। अश्लील सामग्री हेर्नेमध्ये ४७ प्रतिशतले साथी सर्कलका कारण त्यस्ता सामग्री हेर्नु परेको प्रतिक्रिया दिए भने उत्सुकताले हेर्ने २४ प्रतिशत छन्। 

इन्टरनेट चलाउनले गरेका ८३ प्रतिशत बालबालिकामाथि कुनै न कुनै प्रकारको दुर्व्यवहार हुने गरेको छ। ४० प्रतिशतभन्दा बढी बालबालिका अपरिचित व्यक्तिसँग पनि तस्बिर आदानप्रदान गर्छन्। ५२ प्रतिशत बालबालिका एकभन्दा बढी फेसबुबकको एकाउन्ट चलाउँछन्। इन्टरनेट प्रयोग गर्नेमध्ये ४७ प्रतिशत बालक दुर्व्यवहारमा पर्छन्। 

सोही उमेर समूहका २१ प्रतिशतभन्दा बढीले आफ्नो एकाउन्टको पासवर्ड दोस्रो/तेस्रो व्यक्तिसँग पनि सेयर गर्ने गरेको तथ्यांक उक्त सर्वेक्षणको प्रतिवेदनमा उल्लेख छ।

यो त एउटा सर्वेक्षणमात्र हो। सर्वेक्षण र वास्तविकता समान हो भनिहाल्न त नसकिएला। तर सर्वेक्षणका अवधारणा झुटा नै चाँहि पक्कै हुँदैनन्। बालबालिकाका इन्टरनेट प्रयोग गर्दा अभिभावकले नजिकबाट नियाल्नुपर्ने अवस्था आइसकेको छ। बालबालिका वास्तवमा नै अबोध हुन्छन्, जान्ने जिज्ञासा हुन्छ। यो तिनको कमजोरी होइन। शारीरिक तथा मानसिक दण्ड र डर/त्रासले पनि बालबालिकाका गतिविधि नियन्त्रण गर्ने प्रयास सकारात्मक होइन।

सूचना तथा सञ्चार प्रविधिको विकासले धेरै क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ। तर यसको दुरुपयोग गर्ने पनि उतिकै छन्। इन्टरनेटमा आफ्नो गोपनीयता कायम राख्न प्रयोगकर्ता पनि उतिकै सचेत हुन जरुरी छ। 

आजभोलि अपराधका प्रकृति पनि फरक हुन थालेका छन्। बयासी प्रतिशत बालबालिकामाथि कुनै न कुनै दुर्व्यवहार हुने गरेको कुरा माथिको तथ्यांकले पनि उल्लेख गरिसकेको छ। तर इन्टरनेट प्रयोगले बालबालिकामा दुर्व्यवहारको चुनौती थपेको भएपनि यसलाई नियन्त्रण गर्न असम्भव भने छैन। 

इन्टरनेटमा कसरी दुर्व्यवहार हुन्छ?
बालबालिकालाई यौनिक कुरा सुन्न र हेर्न प्रोत्साहित गर्नु यौन दुर्व्यवहार हो। गलत मनशायले बालबालिकालाई बहकाउमा पार्नु, उनीहरूले मन पराउने कुरा उपहार दिएर आफूप्रति आकर्षित गरी बाल दुर्व्यवहार गर्ने प्रवृत्ति पनि बढ्दो छ। बालबालिकाको दुर्व्यवहार शोषण भएको फोटो तथा भिडियोको व्यापारिक वितरण गर्नु, बालबालिकालाई अश्लील तस्बिर तथा भिडियो पठाएमा पनि दुर्व्यवहार गरेको मानिन्छ।

बालबालिकालाई ललाउने, फकाउने, गालीगलौज र धम्की दिनु दुर्व्यवहार हो। कतिपय अवस्थामा चिनेजानेको मानिसबाट पनि इन्टरनेटमार्फत् बालबालिकामाथि नै दुर्व्यवहार गरिरहेका हुन्छन् तर यसको बालकालिका सचेत नहुन पनि सक्छन्। 

कारबाही गर्न छैन पर्याप्त कानुन  
बालबालिकाको दुर्व्यवहार गर्नेलाई गर्नेलाई बालबालिका ऐन व्यवस्था छ। इन्टरनेटका माध्यमबाट हुने दुर्व्यवहारका सम्बन्धमा ती कानुनमा पर्याप्त व्यवस्था नभएको भ्वाइस अफ चिल्ड्रेनकी कृति भट्टराईको भनाई छ। केही सार्वजनिक अपराध तथा सजायाँ ऐन र साइबर क्राइमसम्बन्धी व्यवस्थाका आधारमा अहिलेसम्म कारबाही गरिँदै आएको छ। 

बालबालिकालाई यौन दुर्व्यवहार गर्ने, गलत मनसायले ललाईफकाई गर्नेप्रति छुट्टैखाले कानून निर्माण गरी त्यस्ता व्यक्तिलाई कारबाही गर्नुपर्ने भट्टराईको माग छ। बालबालिकाप्रति हिंसात्मक हुने सामग्रीको प्रयोग, डाउनलोड, अपलोड, उत्पादन, प्रचारप्रसार तथा बिक्रीवितरण गर्ने कार्य भएमा थप सजायाँ हुने व्यवस्था छैन।

अभिभावकले के गर्ने?
इन्टरनेट चलाउने सबै बालबालिकाका गतिविधि अभिभावकले नियन्त्रण गरेका छैनन्। धेरै अभिभावकमा आफ्ना बालबालिकाको जति इन्टरनेट प्रविधि र कम्युटरको ज्ञान तथा सीप छैन। आफ्ना बालबालिकाले इन्टरनेट प्रयोग गर्दा अनुभव गरेका नकारात्मक कुराप्रति अभिभावको खासै ध्यान गएको देखिँदैन। 

बाल शोषण र दुर्व्यवहार हुन नदिन सबैभन्दा बढी अभिभावक नै जिम्मेवार हुनुपर्छ। इन्टरनेटबाट बाल शोषण र दुर्व्यवहार हुने भएकाले पनि अभिभावकले बालबालिकाका गतिविधि निरीक्षण गर्न आवश्यक छ। यसका लागि मोबाइल तथा ल्यापटपमा ‘प्यारेन्टल कन्ट्रोल’ एउटा विकल्प हुन सक्छ। यसका साथै बालबालिकाका प्रत्येक गतिविधि अभिभावकले अध्ययन गर्नु जरुरी हुन्छ।

अनलाइनमा कुनै कुराले असर पारेको छ भने उसको अफलाइन व्यवहारमा पनि कुनै नै कुनै संकेत देखिएको हुन सक्छ। यस्ता गतिविधि समयमा नै निराकरण गर्न सकियो भने संभावित क्षतिबाट जोगाउन सजिलो हुन्छ। अभिभावका साथै सरकारले पनि यो विषयमा संवेदनशील हुन उतिकै जरुरी छ।

(तस्बिरहरुः य्याबुट डटकम)

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०७५  ०१:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश बिहीबार, असोज ८, २०८३
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्