काठमाडौं- गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरमा एक जापानीसहित ५ नेपाली यात्रु रहेको खुलेको छ। उत्तरी गोरखाको साामागाउँबाट उडेको हेलिकोप्टर बिहानैदेखि सम्पर्कविहीन छ।
८ बजेर १८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड हुनुपर्ने सेड्युल रहेको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।
कल साइन ९एन–एएलएसको उक्त हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएका थिए।
लोकेसन म्यापका अनुसार गोरखाको रि र धादिङको सत्यदेवी भन्ने स्थानमा दुर्घटनाको शंका गरिएको उक्त एयरलाइन्सका एक प्रतिनिधिले बताएका छन्।
एक यात्रुले आफू दुर्घटनामा परेको सूचना एयरलाइन्सलाई दिएको खबर पाएको विमानस्थल कार्यालयका प्रवक्ता प्रवक्ता प्रतापबाबु तिवारीले बताए।
उक्त स्थानमा प्रहरी टोली समेत गइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।