काठमाडौं– सरकारले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी बजारमा हुने कालोबजारी नियन्त्रणका लागि सूचना दिन अनुरोध गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकले विशेष निर्णयका रुपमा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने र नाफाखोरी गर्नेविरुद्ध कारबाहीका लागि सूचना दिएर सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
जसका लागि सरकारले नागरिकलाई हेलो सरकार ११११ मा फोन गर्न वा वाणिज्य विगभागको पोर्टल अथवा टोल फ्री नम्बर ११३७ मा फोन गरेर सूचना प्रदान गर्न अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।