काठमाडौं– सामाजिक सञ्जाल टिकटकमा गाली गरेको विषयलाई लिएर नेपालगञ्जमा भएको तनावले उग्ररुप लिँदा दिनभर जसो नेपालगञ्ज असामान्य बन्यो।
प्रशासनले स्थिति बिग्रिँदै जान थालेपछि कर्फ्यू जारी गरेको थियो। तर कर्फ्यूका बावजुद पनि स्थिति असामान्य बनेपछि शान्ति व्यवस्था कायम राख्नका लागि सेना नै परिचालन गर्नुपर्यो।
अवस्था नियन्त्रणका लागि सु्रक्षा निकायले बल प्रयोग गर्दा तीन जना सुरक्षाकर्मीसहित १३ जना घाइते भएको बाँके प्रशासनले जनाएको छ।
साथै यस्तो विषम अवस्थामा जिल्लास्थित राजनीतिक दल, नागरिक समाजलगायत आम नागरिकबाट सद्भाव कायम राख्न प्रशासनले अनुरोध गरेको छ। सामान्य कुराले पनि सद्भाव बिग्रिने भएका कारण सामाजिक सञ्जालमा भ्रामक सामग्रीको प्रचार प्रसार नगर्न पनि अपिल गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।