काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कलाकारहरु राष्ट्रको गौरव भएको बताएका छन्।
मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा रातो टीकी बोलको गीत सार्वजनिक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री खड्काले कलाकारितामार्फत् कालाकारले देशको मान प्रतिष्ठा बढाउने काम गरेकाले कलाकार देशका लागि गौरव भएको बताएका हुन्।
कलाकारको गीत संगीत र कालकारितामार्फत् सामाजिक चेतना फैलाउन ठूलो योगदान रहेको भन्दै उपप्रधानमन्त्री खड्काले कलाकारको कलाकारिताले देशमा समाजिक न्यायको क्षेत्रमासमेत ठूलो परिवर्तनमा योगदान भइरहेको समेत बताए।
कतिपय खराब परम्परा बदल्न गीत संगीत र कलाकारिताको नेपाली समाजमा ठूलो योगदान रहेको उप–प्रधानमन्त्री खड्काको भनाइ छ। रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री खड्काले महिलाको हक अधिकारको पक्षमा बोल्ने र समाजिक कुरीति तोड्न समेत कलाकारिताको ठूलो योगदान भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।