काठमाडौं– बझाङमा मंगलबार आधा घण्टाभित्रै दोस्रोपटक भूकम्प गएको छ। २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्यूडको भूकम्प गएको २६ मिनेटमै अर्को ठूलो भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा दोस्रोपटक ६.३ म्याग्निच्यूडको भूकम्प गएको हो।

उक्त भूकम्पको धक्का नेपालको काठमाडौंदेखि भारतको दिल्लीसम्म महशुस गरिएको छ। लगातार दुई शक्तिशाली भूकम्पका कारण सुदूरपश्चिममा ठूलो मात्रामा भौतिक क्षति भएको छ।

घरहरु भत्किएका छन् भने केही ठाउँमा विद्यालयका संरचनामासमेत क्षति पुगेको छ। लगातार भूकम्प आउँदा सुदूरपश्चिमका स्थानीयहरु घरबाहिर निस्किएका छन्। उनीहरु घरभित्र पस्न सकेका छैनन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।