फाइल तस्बिर काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सद्भाव कायम राख्नका लागि सबै दलहरुलाई एकजुट हुन आग्रह गरेका छन्।
प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले देशभर सद्भाव विथोल्ने प्रयास भइरहेको भन्दै सबै दलहरु सद्भाव कायम राख्नका लागि एकजुट हुन जोड दिए।
राष्ट्रिय हित, एकता र देशको सार्वभौमिकताका विषयमा एक हुनुपर्ने उनको भनाइ थियो। साथै उनले संविधान मिच्ने काममा सरकार अगाडि बढिरहेको आरोपसमेत लगाए।
संविधानभित्र रहेको शक्तिलाई अवसरबाट वञ्चित गरेर विद्वेष र विद्रोह बढाउने काममा सरकार सक्रिय रहेको र सामाजिक सद्भाव खल्बल्याउन सरकार आफैं लागिपरेको उनको भनाइ छ।
सत्ता गठबन्धनले आफूबाहेक अरुलाई स्वीकार नगर्ने परिस्थिति देखिएको ओलीले बताए। प्रमुख प्रतिपक्षी दलको नेताको ज्यान मार्न खोज्नेहरुलाईसमेत पक्राउ नगर्ने र प्रहरीको टाउँको फुटाउने गरी भएको हमलामासमेत केही कारबाही नगर्नु भनी प्रशासनलाई सरकारले नै निर्देशन दिएको ओलीले आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।