काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘कानुनअनुसार देश चल्ने हो कि बाहुबलमा?’ भन्दै प्रश्न गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘बाहुबलमा चल्ने कि देश कानुनमा चल्ने? के मा चल्नुपर्छ देश? दिनदहाडै बजारमा लखेटी– लखेटी, खेदी–खेदी खुँडाले काटी मारेको मान्छेलाई २० वर्ष कैद गरेको छ। तीन चार वर्षपछि छोड्छ। नेपालगञ्ज आंतकित छ।’
ओलीले आफू अस्ती भर्खर नेपालगञ्जबाट आएको बताउँदै पीडित परिवार आतंकित भएको बताए। उनले ‘अपराधीलाई छानी– छानी किन पुरस्कृत गरिन्छ?’ भन्दै प्रश्न गरेका छन्।
सरकारले सत्ताको दुरुपयोग गरेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।