काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारसँग तत्काल राहतका कार्यक्रम ल्याउन माग गरेका छन्।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले महँगी आकाशिएकाले तत्काल राहतको कार्यक्रम ल्याउन माग गरे। सत्ता पक्षका सांसद केसीले चाँडपर्वको समयमा कालोबजारी बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
‘औधगिक क्षेत्र अस्तव्यस्त छ,कालोबजारी जगजगी भएको छ। महँगी आकाशिएको छ,’ उनले भने, ‘चाँडवाडको समयमा सरकारले के हेरिरहेको छ? राहतको कार्यक्रम ल्यायोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।