काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जवराले बाँकेको नेपालगञ्जमा दुई पक्षबीच भएको झडपको घटना तत्काल नियन्त्रण लिन माग गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै उनले विशेष समय लिएर नेपालगञ्जको विषयमा सभामुख देवराज घिमिरे र संसद्को ध्यानाकर्षण गराए।
‘भर्खर बाँकेको नेपालगञ्जमा कर्फ्यु लागेको छ। दुई पक्षबीच झडप भएको छ। हिंसाको घटना तत्काल नियन्त्रणमा ल्याउनु पर्यो,’ उनले भने, ‘यो सबैको जड मोबाइल हो। साइबर क्राइम नियन्त्रण होस्। यो साइबर क्राइमलाई तुरुन्तै नियन्त्रणमा नल्याउने हो भने मुलुकका धेरै स्थानमा दंगा भड्किने देखिन्छ।’
उनले नेपालगञ्ज सद्भावको शहर भएकाले यसलाई कायम गर्न पनि आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।