काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा बोल्नका लागि समय मागेका छन्।
सभामुख देवराज घिमिरेको सचिवालयले ओलीले मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा बोल्नका लागि समय मागको जनाएको छ।
प्रतिनिधि सभाको बैठक मंगलबार दिनको १ बजे बस्दै छ। मंगलबारको प्रतिनिधि सभा बैठकका लागि सम्भावित २ वटा कार्यसूची रहेका छन्।
यसअघि आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए। प्रधानमन्त्री प्रचण्डले आफ्नो अमेरिका तथा चीन भ्रमणका सन्दर्भमा प्रतिनिधि सभा बैठकमा जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।