काठमाडौं– नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन्।
प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतको अन्तरले पराजित गर्दै खतिवडा पार्टीको कोशी प्रदेश कमिटी अध्यक्षमा निर्वाचित भएका हुन्। भएका खतिवडाले ५१२ मत प्राप्त गरे। ढकालले ४३० मत प्राप्त गरे।
प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन्। चेम्जोङ यसअघि पनि प्रदेश कमिटीको उपाध्यक्ष थिए।
सचिवमा पाँचथरका राजकुमार भण्डारी निर्वाचित भएका छन्। अर्का प्रतिस्पर्धी उदयपुरका शैलेश लामालाई पराजित गर्दै भण्डारी सचिव निर्वाचित भएका हुन्। विजयी भण्डारीले ५२४ मत ल्याए भने लामाले ३८१ मत प्राप्त गरे। सचिवमा विजयी भएका भण्डारी अध्यक्षमा निर्वाचित खतिवडा प्यानका लागि हुन्।
एमाले कोशी प्रदेश कमिटीको उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई निर्वाचित भएका छन्। राजवंशीले ६२८ मत ल्याइन भने राईले ६१० मत ल्याए।
एमाले कोशी प्रदेश कमिटीको नेतृत्व चयनका लागि आइतबार राति मतदान भएको थियो। सोमबार अबेर सुरु भएको मतगणना राति सकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।