बैङ्कक- सामाजिक सञ्जाल फेसबुकमा गलत सामग्रीहरु राखेको आरोपमा थाइल्यान्ड प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।
बेलायती एक जना पर्यटकलाई बलात्कार गरेको सम्बन्धी गलत सामग्री फेसबुकमा राखेको आरोपमा गत हप्ताभरमा उनीहरुलाई पक्राउ गरिएको एक वकिलले जानकारी दिएका छन्। बेलायती १९ बर्षीया ती महिला अहिले घर फर्किसकेकी छन्। उनलाई बिदा मनाउन आएका बेला बलात्कार भएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन्।
थाइल्यान्डको कोह टाओ प्रहरीलाई पनि घटनाका बारेमा उजुरी आएको तर औपचारिक रुपमा दर्ता भने नभएको समाचारमा उल्लेख छ।
अहिले प्रहरी नियन्त्रणमा रहेका १२ जनालाई राजधानी बैङ्ककसहित देशका विभिन्न ठाउँबाट पक्राउ गरिएको थियो। 'उनीहरुले गलत सूचना आदानप्रदान गरेका थिए, त्यसैले पक्राउ गरिएको हो,' एक प्रहरी अधिकारीले भने।
आरोप पुष्टि भएमा उनीहरू सवैले पाँच बर्ष जेल सजाय भोग्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।