काठमाडौं– नेपाल प्रहरीको पेट्रोल पम्पमा कार्यरत प्रहरी सहायक निरीक्षक दीलीप कार्की भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेका छन्।
सोमबार विशेष अदालले कार्कीलाई दोषी ठहर गरेको हो। प्रहरी कल्याण कोषद्वारा सञ्चालित नक्सालस्थित पेट्रोल पम्ममा असई कार्कीले भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ।
इन्धन भरेका ग्राहकले दिएको रकमलाई गलत प्रविष्ट गरी भ्रष्टाचार गर्ने असइ दिलीप कार्कीलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि २५ असोजको पेसी तोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।