काठमाडौं– नेकपा एमालेको कर्णाली प्रदेश नेतृत्वका लागि भएको निर्वाचनमा अहिलेसम्म ४ सय मतगणना भएको छ।
यति मत गणना हुँदा अध्यक्षका उम्मेदवार गुलाबजंग शाहले अग्रता लिएका छन्। उनले १२० मतले अग्रता लिएका हुन्।
शाहले २५० मत पाउँदा उनका प्रतिस्पर्धी मीनबहादुर शाहीले १३० मत पाएका छन् भने अर्का अध्यक्ष पदका प्रत्यासी प्रकाश रोकायाले ३ मत पाएका छन्।
यस्तै उपाध्यक्षमा टेकराज पछाईंले अग्रता लिएका छन्। पछाईंले २५० मत पाउँदा उनका प्रतिस्पर्धी लालबहादुर महताराले १२२ र दानसिंह परियारले ३० मत पाएका छन्।
सचिवमा भने ध्रुब शाहीले २७६ मत पाउँदा उनका प्रतिस्पर्धी रुद्र शाहीले १०३ मत पाएका छन्। आइतबार भएको मतदानपछि मतगणना सोमबार मात्र सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।