काठमाडौं– नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ।
शुक्रबार उद्घाटन भएको अधिवेशनबाट प्रदेशको नेतृत्व गर्न अध्यक्ष पदका लागि धनश्याम खतिवडा र विनोद ढकाल प्रतिस्पर्धामा छन्।
कुल ९७७ महाअधिवेशन प्रतिनिधिले गए राति अबेरसम्म गरेको मतदानको सोमबार अबेरदेखि मतगणना सुरु भएको हो।
२१५ सदस्य रहने प्रदेश कमिटीमा यसअघि नै ७३ जना सदस्य निर्वरोध निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।