काठमाडौं- रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले सातौं संस्करणअर्न्तगत आयोजना गरेको ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ का विजेताहरुको घोषणा गरेको छ। शनिबार साँझ काठमाडौं राष्ट्रिय नाचघरमा सम्पन्न सिनियर र जुनियर अर्न्तगत केटा र केटी गरेर ४ विजेता चुनिएका छन्।
जसअर्न्तगत आरुष भट्टराई, ब्रबिम बराल, सायरी कँडेल र अक्क्षयनी दाहाल वर्ष विजेताका रुपमा घोषित भएका छन्।प्रतियोगितामा सिनियर केटातर्फ आरुष र जुनियरतर्फ ब्रबिम विजेता बने भने सिनियर केटीतर्फ अक्क्षयनी र जुनियरतर्फ सायरी कँडेलले उपाधि प्राप्त गरेका हुन्।
त्यस्तै प्रतियोगितामा जुनियर केटातर्फ सम्भव जैन फष्ट रनअप, आर्देन सुवेदी सेकेन्ड रनरअप, सिनियर केटातर्फ भियोम गोयल फष्ट रनरअप र आरजय कोइराला सेकेन्ड रनरअप बने। त्यसैगरी, सिनियर केटीतर्फ सावलिन महर्जन फष्ट रनरअप र दृष्टि शाह सेकेन्ड रनरअप बने भने जुनियर केटीतर्फ सदीक्षा जिसी फष्ट रनरअप र राधिका गोयल सेकेन्ड रनरअपको उपाधि प्राप्त गर्न सफल भए।
विजेताहरूले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर र दावा एचएमसी नेपाल प्रालीको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। प्रतियोगितामा ७ देखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।