काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको छ।
सोमबार आयोगले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपतिसमक्ष पेस गरेका हुन्। वार्षिक प्रतिवेदनमा गत वर्ष २० हजार ९०५ नयाँ उजुरी दर्ता भएको उल्लेख गरिएको छ।
अघिल्लो आर्थिक वर्ष २०७८/०७९ बाट ७ हजार १६३ उजुरी जिम्मेवारी सरेर आएका थिए।
प्राप्त उजुरीमध्ये सबैभन्दा बढी संघीय मामिला (स्थानीय तहसमेत)सँग सम्बन्धित रहेका छन्। कुल उजुरीमध्ये स्थानीय तहसँग सम्बन्धित उजुरीहरु ३५ दशमलव ९५ प्रतिशत रहेको अख्तियारले जनाएको छ।
1696241054.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।