काठमाडौं– नेकपा एमालेको प्रदेश अधिवेशनअन्तर्गत कोशी र कर्णाली प्रदेशको मतगणना हुँदैछ। कर्णालीमा आइतबार राति ९ बजे र कोशीमा सोमबार बिहान ५ बजेसम्म मतदान भएको थियो।
कोशीमा राति १० बजेपछि मतदान सुरु गरेर रातभरीमा सकाइएको थियो। दिउँसो १ बजेसम्म मतगणना थालनी हुने नेताहरुले बताएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार कोशीमा ९७७ मत खसेको छ। २१५ सदस्यीय कमिटीमा अध्यक्षसहित १६६ जना छनोटका लागि निर्वाचन भएको हो। उपाध्यक्षमा टीकाराम चेम्जोङसहित ४९ सदस्य भने निर्विरोध चयन भइसकेका छन्।
प्रदेश अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडाको प्रतिष्पर्धा छ। सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन्। उपसचिवमा खेम नेपाली, देवान राई र जलवर्षा राजवंशी मैदानमा छन्।
कर्णालीमा को-को?
कर्णालीमा प्रदेश कमिटीको अध्यक्षका लागि ३ जनाको प्रतिस्पर्धा छ। मिनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकाया अध्यक्षका दाबेदार छन्। स्थायी कमिटी सदस्य यामलाल कँडेलले गुलाबजंगलाई र स्थायी कमिटी सदस्य गोरख बोगटीले मिनबहादुरलाई उम्मेदवार बनाएका छन्।
उपाध्यक्षमा टेकराज पछाई, दानसिंह परियार र लालबहादुर महाताराबीच प्रतिस्पर्धा छ। सचिवमा ध्रुवकुमार शाही र रुद्रबहादुर शाही उम्मेदवार छन्।
उपसचिव उब्जनबहादुर शाही, जकुमार विक (तोरण) धिरेन्द्रराज गिरी, नारायणकुमार शाह, सुर्खेतका पद्मा खड्का, मेनका पछाई, रमेशकुमार शाही, रविन्द्रराज शाही र बखतबहादुर भण्डारी गरी ९ जना प्रतिस्पर्धी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।