काठमाडौं– नेपाली शब्दकोशबाट ॐ शब्द हटाउन खोजेको भन्दै राप्रपाले नेपाल प्रज्ञा प्रतिष्ठानको ध्यानाकर्षण गराएको छ।
नेपाली शब्दकोशबाट नेपाली जनमानसमा सदियौंदेखि प्रचलनमा रहेको र सनातन संस्कृतिको महत्त्वपूर्ण शब्द ॐ हटाउने कार्य गलत भएको भन्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष, संसदीय दलका उपनेता मा बुद्धिमान तामाङको नेतृत्वको टोली प्रज्ञा प्रतिष्ठान पुगेको थियो।
सत्य तथ्य बुझ्न भन्दै उनीहरुले नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति भुपाल राईसँग भेटघाट गरी छलफल गरेको थियो। भेटपछि राईले समाचारमा आएका विषयमा कुनै सत्यता नभएको प्रज्ञा प्रतिष्ठानले राप्रपाको टोलीलाई आश्वस्त पारेको थियो।
राप्रपाले प्रज्ञा प्रतिष्ठानजस्तो संस्थाहरुले आफ्नो साख भत्किन दिन नहुनेमा सजग हुनुपर्ने बताएको छ। ॐ केवल पवित्र ध्वनि मात्र नभइ, यो अनन्त र सनातन शक्तिको स्रोत र प्रतीक पनि भएको भन्दै यसलाई हटाउन नमिल्ने राप्रपाको माग थियो।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको जानकारी दिए।
![384491468_1800197593731258_600606791341986090_n1696164574.jpg](https://nepallive.net/uploads/posts/384491468_1800197593731258_600606791341986090_n1696164574.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।