• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

निजामती विधेयक अघि बढाउने सरकारको तयारी, तहगत बढुवा र अवकाश उमेर  ६० वर्ष प्रस्ताव

64x64
नेपाल लाइभ सोमबार, असोज १५, २०८०  ०७:३०
1140x725

काठमाडौं– निजामती कर्मचारी सम्बन्धी विधेयक मन्त्रिपरिषद्‌को विधेयक समितिबाट पारित भएको छ। विधेयक समितिले लामो छलफलपछि विधेयकको मस्यौदा तयार गरेको छ। विधेयक समितिले उक्त विधेयकको मस्यौदामा केही नयाँ व्यवस्था गरेको छ। मन्त्रिपरिषद्‌को विधेयक समितिले मस्यौदा पारित गरेसँगै कर्मचारी संगठनहरुले विरोध सुरु गरेका छन्। 

विधेयक समितिमा रहेका एक मन्त्रीका अनुसार केही दिनमा उक्त विधेयक मन्त्रिपरिषद्‌मा पेस हुनेछ। मन्त्रिपरिषद्‌ले यसअघि नै भदौ २१ गते निजामती कर्मचारी सम्बन्धी विधेयक संसद्‌मा पेस गर्ने निर्णय भएको सरकारले दाबी गरेपछि पुन: विधेयक समितिमा पुगेको थियो। समितिले केही दिन छलफलपछि पुन: मन्त्रिपरिषद्‌मा पेस गरेर पारित गर्दै संघीय संसद्‌मा दर्ता गर्ने तयारी गरेको छ। 

प्रदेश सचिव र प्रमुख सचिव केन्द्रको, स्थानीय तहमा प्रदेशको 
संघीय निजामति सेवा गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा प्रदेशहरुमा प्रदेशको प्रमुख सचिव र सचिवहरु केन्द्रीय सरकारको राख्ने र स्थानीय तहहरुमा प्रदेशबाटै पठाउने व्यवस्था राख्न प्रस्ताव गरिएको छ।  

प्रदेशको प्रमुख सचिव र सचिव केन्द्रको हुनेछ भने अन्यको हकमा प्रदेश लोक सेवा आयोगले नै सरुवा, बढुवा लगायतका कार्य गर्ने व्यवस्था राख्न विधेयकमा प्रस्ताव गरिएको छ। 

हाललाई स्थानीय तहमा बढुवा भएर १२औं तहमा नपुगेसम्म संघले नै प्रमुख प्रशासकीय अधिकृत उपलब्ध गराउने र पुगेपछि प्रदेशले नै गर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ। उनीहरु स्थानीय सेवाको प्रदेशअन्‍तर्गत नै रहेर काम गर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ। 

गाउँपालिकाका लागि ९औं तह, नगर/उपमहानगर १०औं र महानगरका लागि ११ तहको प्रमुख प्रशासकीय अधिकृत हुनेछ।

प्रदेशले आफ्नो प्रदेशभित्र सबैको सरुवा गर्न पाउने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ। जस्तै– बागमती प्रदेशमा कति मन्त्रालय छ, त्यहाँ केन्द्रले एकमुष्ट सचिव पठाउँछ। कुन मन्त्रालयमा सरुवा गर्ने प्रदेशले नै गर्छ। 

यसरी पठाएका सचिवहरुलाई अर्थ, पर्यटन वा अन्य कुन मन्त्रालयमा पदस्थापन गर्ने त्यसको निर्णय  प्रदेश सरकारले नै गर्छ। अहिले सामान्य प्रशासन मन्त्रालयले मन्त्रालय तोकेर पठाउने गर्दै आएको छ। यो विधेयकले ऐनको रुपमा ग्रंहण गरेपछि केन्द्रले तोकेर पठाउने कार्य अन्त्य हुनेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

ट्रेड युनियनलाई खुम्च्याइयो 
विधेयकमा ट्रेड युनियनमा सहभागी हुनेबारे केही कडाइ गरेको छ। ट्रेड युनियनको हकमा छैठौं तहसम्म मात्र दिने विधेयकमा प्रस्ताव गरिएको छ। हाल उपसचिवदेखि रोक लगाएजस्तै यसलाई अझै खुम्च्याउने सरकारको प्रस्ताव छ। 

तहगत बढुवाको प्रस्ताव 
विधेयकले अहिलेको बढुवा प्रक्रियालाई खारेज गर्दै तहगत बढुवाको प्रस्ताव मस्यौदा विधेयकमा गरेको छ। बढुवा प्रणालीलाई वैज्ञानिक, पारदर्शी र वस्तुनिष्ठ बनाउनका लागि यस्तो व्यवस्था राख्न प्रस्ताव गरिएको दाबी गरिएको छ। 

यो विधेयकले ऐनको रुप ग्रहण गरेपछि निश्चित अवधि पुगेपछि बढुवा स्वत: हुन्छ। बढुवाका लागि तहगत प्रणाली हुन्छ। हरेक श्रेणीमा २ वटा तह हुने र योग्यता पुगेकाहरु सबैको बढुवा हुने विधेयकमा प्रस्ताव गरिएको छ। 

विधेयकमा आठौं तहसम्म सेक्सन अफिसर (शाखा अधिकृत), ९ र १० तहमा उपसचिव, ११ र १२औं सहसचिव र १३औं तहमा विशिष्ट श्रेणी (सचिव) र १४ मुख्यसचिव हुने प्रस्ताव गरिएको छ। यही अनुसार तहगत एकमुष्ठ बढुवा हुने विधेयकमा उल्लेख छ। 

Xtrem

Xtrem

यो व्यवस्थासँगै बढुवाका लागि हुने अस्वस्थ प्रतिस्पर्धा र भित्री चलखेल बन्द हुने अपेक्षा सरकारको छ। नम्बर पुगेको र अवधि पुगेको छ भने स्वत: बढुवा हुने देखिन्छ। त्यसका लागि नकारात्मक सूचीमा नपरेको हुनुपर्नेछ। बढुवा उक्त तहमा रहेका सबैको हुने र कोही नछुट्ने विधेयकमा उल्लेख छ। अहिले कार्य सम्पादन मूंल्याकन घटाएको वा अरु कारणले बढुवा रोक्न गरेको आरोप लाग्ने गरेको छ। यो व्यवस्थाले त्यस्तो कुरालाई रोक्नेछ। 

नयाँ विधेयक पास भएपछि तोकिएको योग्यता र अवधि पुगेका ५० जना भए पनि बढुवा हुने देखिन्छ।  

विधेयकले १० प्रतिशत मात्र खुला र अरुमा तहगत बढुवा गर्न प्रस्ताव गरेको छ।

विरोध सुरु भएपछि संसद्‌मा पेस गर्ने निर्णयबाट पछि हट्यो सरकार
निजामती दिवसको अघिल्लो दिन २०८० भदौ २१ गते मन्त्रिपरिषद्को बैठकले निजामती विधेयक र विद्यालय शिक्षा विधेयक संसद्‌मा लैजाने निर्णय गरेको थियो। त्यसमध्ये विद्यालय शिक्षा विधेयक सदनमा आइतबार मात्रै पेस भएको छ भने निजामती विधेयक कहिले दर्ता हुने हो यसको टुंगो छैन। 

तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र संघीय मामिला सचिव कृष्णहरि पुष्करको पालामा संघीय निजामती सेवा ऐनको अन्तिम मस्यौदा तयार गरिएको थियो। मोदी र पुस्करकै पालामा निजामती विधेयक अर्थ, कानुन, लोकसेवा आयोग र मन्त्रिपरिषद्‌मा पुगेको थियो। यसमा अर्थ र कानुनले सहमति दिइसकेका थिए, तर कर्मचारी भित्रै विवाद सुरु भएपछि यो रोकिएको थियो।

अहिले पनि सरकारले विधेयक मन्त्रिपरिषद्‌मा पेस गर्न लागेपछि कर्मचारीहरुले विरोध सुरु गरेका छन्। ट्रेड युनियनसहित अन्य केही विधेयकको प्रस्तावमाथि कर्मचारीहरुले विरोध जनाएका छन्।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत
सम्बन्धित सामग्री
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न चतुर्भुजले शुक्रवार आयोगको पुल्चोकस्थित कार्यालयमा निवेदन दर्ता गराउँदै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको सत्यतथ्... शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या तीमध्ये १ हजार १७४ वटा गुनासो समाधान गरिएको छ भने ११९ वटा फछ्र्योट गरिएको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले जानकारी दिए... शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २५० परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेक... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्