काठमाडौं- एमालेको कर्णाली प्रदेश अधिवशेनमा मतदान जारी छ। आइतबार दिउँसो १ बजेका लागि तोकिएको मतदान सुरु केही समय ढिला गरी भएको निर्वाचन कमिटीले जनाएको छ।
अधिवेशनमा ६ सय ४ जना अधिवेशन प्रतिनिधि सहभागी छन्। अध्यक्ष पदमा कालिकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजंग शाह र कालिकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ।
प्रदेश समिति सचिवका लागि दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीबीच प्रतिस्पर्धा हुने भएको छ।
उपाध्यक्ष पदमा जुम्लाका टेकराज पछाई , मुगुका दानसिंह परियार , जाजरकोटका लालबहादुर महताराबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।