फाइल तस्बिर काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ७ दलको बैठक बोलाएका छन्।
प्रमुख प्रतिपक्ष नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार भएको भेटवार्तापछि प्रधानमन्त्रीले संसद्मा प्रतिनिधित्व गर्ने ७ दलको बैठक बोलाएका हुन्।
आइतबार बिहान ११ बजे बस्ने गरी ७ दलको बैठक बोलाइएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने, राष्ट्रिय दलको मान्यताप्राप्त दलहरू सहभागी हुनेछन्। ७ दलको बैठकमा सदन सञ्चालन, सुन तस्करीको छानबिन लगायतमा छलफल हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।