काठमाडौं– संघीय संसद्को तल्लो सदन (प्रतिनिधि सभा)को बैठक आज (आइतबार) बस्दै छ। आइतबार दिनको १ बजे बस्ने बैठकका सम्भावित ४ वटा कार्यसूची रहेका छन्।
बैठकको सुरुमा सभामुख देवराज घिमिरले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। सभामुख घिमिरेले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनेछन्।
आइतबार बस्ने बैठकमा विद्यालय शिक्षा विधेयक २०८० लाई सदनमा पेस गर्ने कार्यसूची छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विधेयक पेस गर्नेछन्।
विधेयक पेस गर्नु अगाडि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।