काठमाडाैं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेकाे बताएका छन्। शनिबार चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छियाङसँगको छलफलले नेपाल-चीन सम्बन्धलाई थप उचाई दिएकाे बताए।
उनले सन् २०२६ सम्म नेपाललाई अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तराेन्नति गर्न चीनले गरीबि निवारण र आर्थिक समृद्धिको क्षेत्रमा सहयाेग गर्ने प्रतिबद्धता जनाएकाे बताए।
प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै यही सेप्टेम्बर १७ देखि २१ सम्म संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी भएका थिए। लगत्तै सेप्टेम्बर २३ देखि ३० सम्म चीन भ्रमणमा सहभागी भएका थिए। उनी अमेरिकाबाट सिधै चीन प्रस्थान गरेका हुन्।
शनिबार उनी स्वदेश फर्किएका हुन्।
भ्रमण वक्तव्यकाे पूर्णपाठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।