काठमाडौं- नेपाली कांग्रेस आवद्ध भ्रातृ संघ नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन्।
साउन १० मा सम्पन्न कांंग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार विश्वकर्मालाई सभापति शेरबहादुर देउवाले अध्यक्षमा नियुक्त गरेका हुन्।
यसअघिको नेतृत्व नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।