काठमाडौं– निर्देशक दिवाकर भट्टराईको निर्देशनमा फिल्म ‘मायावी’को छायाकंन सुरु भएको छ। मुस्ताङबाट छायाँकन सुरु भएको हो।
फिल्मको छायाँकन ३५ दिनसम्म हुने निर्देशक भट्टराईले जानकारी दिए।
फिल्ममा दीपिका प्रसाई, पल शाह, सुशील सिटौला, मोडल समिम खान र करिश्मा श्रेष्ठको प्रमुख भूमिका रहनेछ। फिल्ममा प्रशान्त ताम्राकार र राजाराम पौडेल लगायत अन्य कलाकारको पनि अभिनय रहने छ।
यसै फिल्ममार्फत ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’का विजेता समिम खानले नवनायकका रुपमा डेब्यू गर्दैछन्।
क्रिएटिभ सिने आर्टस्को ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा निर्देशक भट्टराईकै कथा छ। भट्टराई करिब चार वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन्।
राजु थापाको डिओपी रहने फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।