नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)बाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका दानबहादुर कार्कीले दिएको रिट निवेदन दर्ताको टुंगो आज लाग्ने भएको छ । सर्वोच्च प्रशासनले बिहीबार रिट अध्ययनका लागि राखेको थियो ।
बुधबार सरकारले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर डामनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय विरुद्ध कार्की रिट लिएर सर्वोच्च पुगेका थिए।
कार्की निकट अधिवक्ता टिकाबहादुर कुँवरले सर्वोच्च प्रशासनले रिट अध्ययनका लागि समय लाग्ने भन्दै बिहीबार दर्ता नगरेको जानकारी दिए ।
मन्त्रिपरिषद्को निर्णय अनुसार डा मनोज केसीले बुधबारबाटै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । उक्त रिट शुक्रबार दर्ता भएमा तिहार बिदापछि मात्रै प्रारम्भिक सुनुवाइ हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।