काठमाडौं– लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले ३०औं वार्षिक उत्सवको अवसरमा सम्मानको घोषणा गरेको छ।
साहित्यकलाको बैठकले इतिहासशिरोमणि बाबुराम आचार्य शोध सम्मान, सरस्वती सम्मान र नारायणगोपाल सङ्गीतसम्मानका लागि सम्मानितहरूको नाम घोषणा गरेको महासचिव रमण घिमिरेले बताए।
बैठकको निर्णयअनुसार प्रा. विद्यानाथ उपाध्याय भट्टलाई इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मान, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभु घिमिरे तथा कवि एवम् व्यङ्यकारश्री लक्ष्मण नेवटियालाई सरस्वतीसम्मान (संयुक्तरूपमा) तथा सङ्गीतकार झुमा लिम्बूलाई नारायणगोपाल सङ्गीतसम्मान प्रदानगरिने घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।