रियो दि जेनेरियो– ब्राजिलमा आगामी महिना हुने राष्ट्रपति निर्वाचनका प्रमुख दाबेदार मध्येका एक जेयर बोल्सोनारोमाथि छुरा प्रहार भएको छ। ब्राजिलको दक्षिण–पूर्वी राज्य मिनास गेराइसमा चुनावी र्यालीका दौरानमा उनीमाथि छुरा प्रहार गरिएको हो।
उनी प्रजातन्त्रवादी नेताका रुपमा परिचित छन्। छुरा प्रहारबाट उनको पाचन प्रणालीमा असर परेको र आकस्मिक शल्यक्रियासमेत गरिएको अस्पतालले जनाएको छ। बोल्सोनारोको उपचारमा खटिएका चिकित्सकले उनको स्वास्थ्य अवस्थामा सुधार आउनसक्ने बताएका छन्।
छुरा प्रहार गर्ने सम्भावित अाराेपी एडिलियो ओविस्पो डि ओलिभिरालाई भने तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो। ४० वर्षीय ओलिभिरा मानसिक रोगी भएको बताइएको छ।

बोल्सोनारो माथि छुरा प्रहार गर्ने सम्भावित अाराेपी ओलिभिरा
हाल चुनावी अभियानका क्रममा नश्लवादी र समलिंगीप्रति भय सिर्जना गर्ने भन्दै विवादास्पद छवि बनाएका नेताहरुप्रति ब्राजिलभर घृणाको भावना मौलाउँदो रहेको बताइएको छ।
चुनाव नजिकिँदै जाँदा सार्वजनिक भएका अपेक्षित मत परिणामहरुका अनुसार वर्तमान राष्ट्रपति लुइस इनासियो लुला दा सिल्भा हालकै अवस्थामा रहिरहे बोल्सोनारोले धेरै मत प्राप्त गर्नसक्ने देखिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।
लामो समयदेखि ब्राजिलभर राम्रो छवि बनाएका क्रान्तिकारी नेता तथा वर्तमान राष्ट्रपति सिल्भा भ्रष्टाचारको आरोपमा हाल भने जेलमा छन्। भ्रष्टाचारको आरोप लागेपछि सिल्भाले आफ्नो उम्मेदारीमाथि प्रतिबन्ध नलगाउन अदालतसामू अपिल गरेका थिए।
बोल्सोनारोले यसअघि चुनावी भाषणका क्रममा समलिंगीहरुको यौनसम्बन्धका विषयमा राखेको विचार तथा एक कंग्रेस नेतृ उनको खराब अनुहारका कारण बलात्कृत नभएको भन्ने भनाइका कारण विवादित बन्दै आएका थिए। सोही कारण पनि उनीमाथि हमला भएको हुनसक्ने अनुमान गरिएको छ।
प्रहरीले छुरा प्रहार गर्ने व्यत्तिको बारेमा थप खुलाएको छैन। घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।