• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

दक्षिण कोरियामा रहेका नेपाली भन्छन्– मतदानका लागि अदालतको आदेशअनुसार काम होओस्

64x64
नेपाल लाइभ शनिबार, भदौ २३, २०७५  ०७:०२
1140x725

दक्षिण कोरिया– सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीका लागि मताधिकारको वातावरण मिलाउन सरकारलाई आदेश दिएको भए पनि त्यसका लागि कानुन निर्माण भइसकेको छैन। गर्न बाँकी रहेका व्यवस्थापकीय कार्यहरु पनि धेरै छन्।

अदालतको आदेश अनुरुप विदेशमा रहने नेपालीहरुले मताधिकार प्रयोग गर्न सक्ने अवस्था कति छ त? दक्षिण कोरियामा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाए भने कुन विधि मार्फत गर्नुपर्छ? रोजगार तथा व्यवसायमा रहेका सबै नेपालीले मत दिनसक्ने अवस्था सिर्जना गर्न सरकारले कस्तो पूर्वतयारी गर्नुपर्छ? यसै विषयमा कोरियामा रहेका केही नेपालीले नेपाल लाइभमार्फत सरकारलाई सुझाव दिएका छन्।

रुद्र शर्मा, व्यवसायी तथा परोपकार अभियन्ता (दक्षिण कोरिया)
अदालतको आदेश स्वागतयोग्य छ। प्रवासमा रहेका नेपालीले पनि मत दिएर सम्मुन्नत राष्ट्र निर्माणमा योगदान दिन पाउनु खुसीको कुरा हो। अब आवश्यक कानुन निर्माण गरी प्रवासमा रहेका नेपालीका लागि मताधिकारको वातावरण बनाउनु सरकारको दायित्व हो। विदाको समय पारेर दूतावासमा मतदान प्रक्रिया हुने हो भने विदेशमा रहेका धेरै नेपाली सहभागी हुन सक्छन्।

सरकारले गर्नुपर्ने कार्य धेरै छन्। सबैभन्दा पहिला कानुन निर्माण गर्नुपर्नेछ। विदेशमा बस्ने नेपालीका लागि सरकारले अनलाइन प्रणाली मार्फत नै मतदानको व्यवस्था गर्दा बढी प्रभावकारी हुन्छ। विदेशमा कमाएको नोट काम लाग्ने तर भोट नलाग्ने पद्धति अन्त्य गर्नुपर्छ। 

विमल सुवेदी , पूर्वसभापति नेपाली विद्यार्थी समाज (दक्षिण कोरिया)
अदालतको आदेश सकारात्मक हुँदाहुँदै पनि हाम्रो जस्तो विकासशील मुलुकका लागि यसले एउटा आर्थिक र प्राविधिक चुनौती सिर्जना गर्दछ। मतदानको माध्यम, प्रक्रियाको छनोट र मतदाता सचेतना कार्यक्रम सञ्चालन गर्न सकियो भने अदालतको आदेश अनुरुप विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न सम्भव छ।

विशेषतः दक्षिण कोरियामा रहेको नेपाली समुदाय शिक्षित, सूचना प्रविधि प्रयोगमा पहुँच राख्ने र अधिकतम श्रमिक समुदाय हो। त्यसैले यहाँ बस्ने नेपालीहरुको समयको महत्वलाई बुझेर ई–भोटिङ नै सबैभन्दा उचित विकल्प हो।

कोरियामा रोजगार तथा व्यवसायमा रहेका सबै नेपालीले मत दिनसक्ने अवस्था सिर्जना गर्न सरकारले पूर्वतयारीका लागि नेपाली समुदायको सूचना अद्यावधिक गर्ने, आर्थिक र समयको वचत हुने चुनावी प्रविधि र प्रक्रियाको छनोट गर्नुपर्ने हुन्छ। यस्तै मतदाता सचेतना कार्यक्रम पनि सञ्चालन गर्दा राम्रो हुन्छ।

यम श्रेष्ठ, सामाजिक अभियन्ता (दक्षिण कोरिया)
प्रवासमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने सर्वोच्च अदालतको फैसलाले विदेशमा बस्ने नेपालीहरुलाई अत्यन्त खुसी बनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

संविधानले प्रत्येक बालिग नागरिकको मताधिकारको हक सुनिश्चित गरेको सन्दर्भमा अब अदालतको समेत आदेश आइसकेपछि विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको प्रबन्ध मिलाउनुपर्ने दायित्व सरकारको काँधमा आएको छ।

विदेमा रहेका लाखौं युवा हालसम्म मतदानको अधिकारबाट वञ्चित छन्। 

मताधिकार प्रयोग गरेर आफ्नो प्रतिनिधि छनोट गर्न पाउने आम निर्वाचन आफैंमा सहभागितामूलक प्रक्रिया भएकाले जति धेरै सहभागी हुन्छन्, उति नै चुनावलाई निष्पक्ष, वैधानिक, विश्वसनीय र जनअनुमोदित मानिन्छ।

अनुकूलता भएका, खर्च गर्ने क्षमता भएका, प्रवासमा भ्रातृ संगठनमा सक्रिय पार्टीका सदस्य  र इच्छा भएका कतिपय मतदाताले त स्वदेशमै पुगेर पनि मतदान गर्ने गरेका छन्।

Xtrem

Xtrem

अर्को पाटोबाट हेर्दा, चुनावका बेला आफ्नो देशमा झैं विदेशमा पनि अस्वस्थ प्रतिस्पर्धा, वादविवाद तथा झैझगडा जस्ता आपसी सद्भाव खल्बलिने गतिविधि हुने त होइन भन्ने जस्ता शंका पनि उब्जिन सक्छ। मेरो विचारमा प्रवासबाट जनप्रतिनिधि चुन्ने वा भोट हाल्ने वातावरण बनाउनु सरकारका लागि कम चुनौतीपूर्ण छैन। त्यसैले सरकारले गम्भीरतापूर्वक अध्ययन र अनुसन्धान गरेर प्रभावकारी रुपमा भोटिङको व्यवस्था गर्नुपर्छ। 

मतदातालाई पायक पर्ने स्थान र बिदाको दिन मिलाएर दूतावासको रोहवरमा मतदान कार्य गर्नुपर्छ। कोरियाका विभिन्न ठाँउमा उच्च संयन्त्र अपनाएर बुथ राखेर पनि भोट गर्न सकिन्छ। इलेक्ट्रोनिक मतदान, फ्याक्स लगायतका माध्यम पनि अपनाउन सकिन्छ।

सीताराम सरोज तिमल्सिना, प्रवक्ता, नेपाली जनसम्पर्क समिति (दक्षिण कोरिया) 
वेबसाइटको व्यवस्था गरेर अनलाइन मार्फत मतदान गर्दा राम्रो हुन्छ। यहाँ नेपालीहरु धेरै ठाउँमा छरिएर रहेका छन्। दूतावासमा बुथ राखेर मतदान गर्दा विश्वसनीय कम हुने भएकाले व्यवस्थित अनलाइन मार्फत आफूलाई मन परेको पार्टीको चुनाव चिन्हमा मत हाल्ने व्यवस्था हुनुपर्छ। निर्वाचन आयोगले केन्द्रीय कार्यालयबाट नै मत गन्ने व्यवस्था भए राम्रो हुन्छ। त्यसका लागि भरपर्दो सफ्टवेयर निर्माणमा लागेर तयारी थाल्ने हो भने विदेशमा रहेका नेपालीलाई निर्वाचनमा सहभागी गराउन सकिन्छ। 

पर्शुराम सापकोटा, अध्यक्ष प्रवासी नेपाली मञ्च, (दक्षिण कोरिया)  
अदालतको आदेश सरकारले पालाना गर्नैपर्छ। निर्वाचन आयोगले त्यसका लागि तयारी गर्नुपर्ने हुन्छ। विदेश बस्ने नेपाली नागरिक निर्वाचनको माध्यमबाट आफ्ना प्रतिनिधि छान्न पाउने अधिकारलाई सुनिश्चित गर्न चाहन्छन् । सरकारले निर्वाचन आयोगलाई पर्याप्त स्रोत र साधनको व्यवस्था गर्नुपर्छ। सरकार र निर्वाचन आयोगले योजनाबद्ध तरिकाले आफ्नो नियोग रहेका मुलुकमा निर्वाचन आयोगको एउटा डेस्क नै राखेर मतदान प्रक्रियालाई व्यवस्थापन गर्नुपर्छ। निर्वाचनको विधि अनलाइन सजिलो र कम खर्चिलो हुने भए तापनि सुरक्षाको दृष्टिकोण र अनुशिक्षणमा केही जटिलता हुनसक्ने हुँदा परम्परागत प्रणाली नै उपयुक्त हुन्छ। पोलिङ सेन्टर दूतावासमा मात्र हुनसक्ने र कोरियामा कामदारहरुको समय सीमित हुने हुँदा निर्वाचनको १५ दिन अघिदेखि नै अर्ली भोटिङको व्यवस्था गर्नुपर्ने हुन्छ।

निर्मला खड्का, कामदार (दक्षिण कोरिया)
विदेशमा बस्ने नेपाली नागरिकले पनि मताधिकारको प्रयोग गर्ने वातावरण मिलाउन अदलतले दिएको आदेश स्वागतयोग्य हुँदाहुँदै पनि यसका केही चुनौती पनि छन् । विदेशमा गरिने मतदान प्रक्रिया निकै खर्चिलो हुने भएकाले शुरुवाती चरणमा नेपालीको जनघनत्व बढी भएका देशमा मात्र लागू गराउनु उचित हुन्छ। दोस्रो, विद्युतीय प्रणालीबाट चुनाव गराउन आवश्यक छ। बाकसमा मत खसाउने पुरानो प्रणालीको अन्त्य हुनुपर्छ। सार्वजनिक बिदाको दिन पारेर मतदान गरियो भने धेरै मतदातालाई सहभागी गराउन सकिन्छ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०७५  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा शुक्रबार, असोज ९, २०८३
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ शुक्रबार, असोज ९, २०८३
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित शुक्रबार, असोज ९, २०८३
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार शुक्रबार, असोज ९, २०८३
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्