• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

दुर्व्यसनीलाई पुनर्जीवन दिँदै आसरा सुधार केन्द्र

64x64
नारायण अधिकारी आइतबार, असोज ७, २०८०  १९:०७
1140x725

काठमाडौं- गाँजा खाएर लठ्ठिएका युवा हुन् वा मदिरा सेवनले थर्थर कामेका व्यक्ति। सिरिन्ज, ट्याबलेट, एम्पुल, ह्वाइट, ब्राउन सुगर होस् वा अन्य कुनै प्रकारका ड्रग्स। यस्ता अनेकौं प्रकारका लागुऔषधको दुर्व्यसनमा फसेका व्यक्तिको पुनर्जीवनको आश बनेको छ- आसरा सुधार केन्द्र।

करिब ३ दशक लामो यात्रामा आसरा सुधार केन्द्रले धेरैलाई पुनर्जीवन दिएको छ। दुर्व्यसनले घर-परिवार नै डामाडोल भएकाहरु आसरा सुधार केन्द्रमा भर्ना भएपछि अहिले समाजका ‘रोलमोडल’ बनेर दुव्र्यसनविरुद्ध जनचेतना जगाउँदै हिँडेका छन्। कतिपय त सुधार केन्द्र सञ्चालन गरेर दुर्व्यसनीको उपचार गराइरहेका छन्।

आसरा सुधार केन्द्रले स्थापनाकालदेखि अहिलेसम्म ५ हजार ९०३ जनालाई पुनर्जीवन दिइसकेको छ। करिब ६ हजारलाई पुनर्जीवन दिइसकेको आसरा सुधार केन्द्रको जन्म भने अपराधसँग जोडिएको छ।

२०५४ सालको सुरुवातमै काठमाडौं उपत्यकामा अपराधको ग्राफमा एकाएक उकालो लाग्यो। अचम्मलाग्दो गरी बढेको आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा नेपाल प्रहरीले २७२ जना युवालाई पक्राउ गरेको थियो। त्यतिबेला पक्राउ परेका २७२ जना युवामाथि छानबिन गर्दा १११ जना लागुऔषध दुर्व्यसनमा फसेको पाइयो।

दुर्व्यसनमा फसेका युवाहरुलाई उपचारात्मक तथा सुधारात्मक उपायबाट असल तथा सभ्य नागरिक बनाउने लक्ष्य लिई नेपाल प्रहरीले २०५४ असार १ गते ‘लागुऔषध दुव्र्यसनी सुधार शिविर’ स्थापना गरी काम सुरु गरेको थियो। त्यतिबेला नेपाल प्रहरीले तीन महिनासम्म निःशुल्क शिविर चलाई दुव्र्यसनमा फसेका युवाहरुको उपचार गरेको थियो। यसरी अपराधको बढ्दो ग्राफसँगै जन्मिएको आसरा सुधार केन्द्रले अहिलेसम्म करिब ६ हजार जनालाई उपचार गराइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुवेर कडायतले बताए।

‘अपराध बढ्नुका विभिन्न कारणमध्ये एउटा कारण लागुऔषध पनि हो। जब मान्छे दुव्र्यसनमा फस्छ, त्यसपछि दुर्व्यसनसँगै जोडिएर आर्थिक तथा सामाजिक अपराध हुन्छन्। अपराधको न्यूनीकरण र देशको सामाजिक तथा आर्थिक अवस्थामा सुधारको उद्देश्यसहित आसरा सुधार केन्द्रले स्थापनाकालदेखि काम गरिरहेको छ,’ प्रवक्ता तथा डीआईजी कडायत भन्छन्।

त्यतिबेला नेपाल प्रहरीले अन्य शान्ति सुरक्षाको काम पनि गर्नुपर्ने भन्दै शिविर सञ्चालनको जिम्मा नेपाल प्रहरीको श्रीमती संघलाई दिइएको थियो। त्यसबेलादेखि नै अहिलेसम्म नेपाल प्रहरीको श्रीमती संघकी अध्यक्ष नै आसरा सुधार केन्द्रको अध्यक्ष हुने व्यवस्था छ। अहिलेसम्म आसरा सुधार केन्द्रको सञ्चालन तथा सुपरिवेक्षण श्रीमती संघमार्फत हुँदै आएको छ।

सुरुमा तीन महिनासम्म सञ्चालन गरिएको त्यही शिविरको नाम परिवर्तन गरी पछि आसरा सुधार केन्द्रको नाममा अहिलेसम्म निरन्तर सञ्चालनमा छ।
यो केन्द्र पछि एक मुनाफारहित गैरसरकारी संस्थाको रुपमा २०५५ साल माघ १९ गते संस्था दर्ता ऐन २०३४ अनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो। २०५७ माघ ३ गतेदेखि भने समाज कल्याण परिषद्मा, २०६९ साउन ११ गते गृह मन्त्रालयमा सूचीकृत र २०७३ वैशाख २ गते गृह मन्त्रालयमा आवद्ध भई सेवा प्रदान गर्दै आएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

एमबीबीएस अध्ययनरतसहित ६ हजारको उपचार
स्थापनाकालदेखि अहिलेसम्म ५ हजार ९०३ जनालाई उपचार गराएको आसरा सुधार केन्द्रका प्रमुख तथा इन्स्पेक्टर सरोज लम्साल बताउँछन्। आर्थिक वर्ष २०५४/५५ मा १५२ जनालाई उपचार गराइएको थियो। आर्थिक वर्ष २०५५/५६ मा भने १५७ जनालाई उपचार गराइयो।

त्यसपछि क्रमशः यो संख्या बढ्दै गएको देखिन्छ। अहिलेसम्म आइपुग्दा भने करिब ६ हजार जनाले उपचार गराई पुनर्जीवन पाएका छन्। पछिल्लो एक दशकको अवस्था हेर्ने हो भने आर्थिक वर्ष २०७०/७१ मा २५० जना, आर्थिक वर्ष २०७१/७२ मा २५८ जना, आर्थिक वर्ष २०७२/७३ मा २४६ जना, आर्थिक वर्ष २०७३/७४ मा २५६ जना, आर्थिक वर्ष २०७४/७५ मा २८४ जनालाई उपचार गराइएको तथ्यांक आसरा सुधार केन्द्रसँग छ।

त्यसैगरी आर्थिक वर्ष २०७५/७६ मा २८० जना, आर्थिक २०७६/७७ मा २५८, आर्थिक वर्ष २०७७/७८ मा ३६१, आर्थिक वर्ष २०७८/७९ मा ३८४ र आर्थिक वर्ष २०७९/८० मा ३३४ र चालु आर्थिक वर्षको अहिलेसम्म २५ जना भर्ना भएर उपचार गराइरहेका छन्। 

जहाँ एमबीबीएस अध्ययनरत व्यक्ति समेत दुर्व्यसनमा फसेर उपचार गराइएको रेकर्ड आसरा सुधार केन्द्रसँग छ। अहिलेसम्म एमबीबीएस अध्ययनरत १२ जनालाई उपचार गराएर पठाइएको सुधार केन्द्रका प्रमुख इन्स्पेक्टर लम्सालले बताए।

त्यसैगरी स्नातकोत्तर पास गरेका ९३ जना, स्नातक तह पास परेका ४९९ जना, स्नाताक स्तरकै ब्याचलर अफ इन्जिनियरिङ पास गरेका ४५ जनालाई यस सुधार केन्द्रले उपचार गराएर पठाएको छ।

त्यसैगरी प्लस टु, एसईई तथा सधारण लेखपढका युवाहरु सबैभन्दा बढी दुर्व्यसनमा फसेको रेकर्ड केन्द्रसँग छ।

यसरी हुन्छ उपचार
सुधार केन्द्रमा इन्स्पेक्टरको कमाण्डमा ३९ प्रहरी कर्मचारी खटिएका छन्। १० जना परामर्शदाता, एक जना सहायक रोलमोडल, तीन जना भोलन्टियरले काम गर्छन्। यो सुधार केन्द्रले एक पटकमा १२० जनासम्म उपचार गर्न सक्ने क्षमता राख्छ। 

यसमा भर्ना हुनका लागि परामर्शदाताले व्यक्ति र परिवारसँग परामर्श लिएपछि केन्द्रको नियम अनुक@ल भएमा मात्र भर्ना लिन्छ। रिक्त कोटा भएमा प्रतीक्षा सूची अनुसार थप भर्ना गरिन्छ।

लागुऔषधबाट पूर्ण रुपमा मुक्त हुने समय उपचाररत सदस्यहरुको शारीरिक, मानसिक र पारिवारिक अवस्था आदिमा भर पर्ने हुन्छ। केन्द्रले प्रारम्भिक सुधारको लागि ४ महिनाको समय तोकेको हुन्छ। त्यसैले भर्ना हुने व्यक्ति र परिवारको ४ महिनासम्म बस्ने र राख्ने इच्छा हुनुपर्छ। कुनै प्रकारको मानसिक र शारीरिक रुपले असक्षमलाइ भने भर्ना लिइँदैन। 

विभिन्न शीर्षकमा गरेर चार महिनाको कुल खर्च ७८ हजार ५ सय रुपैयाँसम्म लाग्छ। त्यसमा आवास खाना, अध्ययन वापत ७० हजार, सामान्य औषध उपचारका लागि २ हजार ४ सय ५०, मर्मत तथा सुधारका लागि १ हजार पोशाक र फुटकर शीर्षकमा ४ हजार ५० रुपैयाँ, पत्रपत्रिका तथा मनोरन्जन शीर्षकमा ५ हजार गरी ७८ हजार ५ सय रुपैयाँ खर्च लाग्छ। चार महिनाभन्दा बढी राख्नु पर्ने भएमा प्रत्येक महिनाको मासिक साढे १७ हजार रुपैयाँका दरले लाग्ने आसरा सुधार केन्द्रले जनाएको छ।

भर्ना भएपछि १ महिनासम्म परिवार तथा कसैसँग पनि भेटघाट गर्न दिइँदैन। एक महिनापछि भने प्रत्येक आइतबार १२ बजेदेखि ४ बजेसम्म भेटघाट गर्नको लागि समय दिइन्छ। सुधार केन्द्रमा जिम, क्यारेम बोर्ड, भलिबल लगायत खेलहरु पनि खेलाइन्छ। केन्द्रले पारिवारिक परामर्श कक्षा प्रत्येक हप्ताको आइतबार सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
धर्मको आडमा धन्दा चलाउने आरोप लाग्दै आएका विवादास्पद पात्रलाई मञ्चमा राखेर गृहमन्त्रीले दिए पुराना दललाई चेतावनी उक्त मञ्चमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँगै विवादास्पद दुई पात्र पनि सँगै देखिएपछि सामाजिक सञ्जालमा क... मंगलबार, भदौ २३, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रमा लामो समयदेखि बेपत्ता रहेका व्यक्तिहरूको अवस्था अझै यकिन हुन नसकिरहेका बेला कतिपय परिवारले कु... मंगलबार, भदौ २३, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? नारायणदत्त पौडेल भने सशस्त्र प्रहरी बलतर्फ लागे । दानबहादुर कार्की भने नेपाल प्रहरीमै रहे । यही ब्याचका राजु अर्याल पनि सशस्त्र प्रह... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक (लाइभ) शुक्रबार, भदौ २६, २०८३
अर्थमन्त्री डा. वाग्लेको मानवीय मामला अवैतनिक सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त शुक्रबार, भदौ २६, २०८३
बबिताले सडकपेटीमा बच्चा जन्माएको घटनामा छानबिन हुँदैछ : मन्त्री मेहता शुक्रबार, भदौ २६, २०८३
रसुवा बाढी : डेढ लाख नागरिक प्रभावित भएको प्रारम्भिक अनुमान, होल्डिङ सेन्टरका २५ जनामा झाडापखाला शुक्रबार, भदौ २६, २०८३
सरकारलाई खगेन्द्र सुनारको प्रश्न: जुत्ता–मोजा खाने आईजीपीमाथि छानबिन किन हुँदैन? शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्