• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १०, २०८२ Thu, Dec 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

दुर्व्यसनीलाई पुनर्जीवन दिँदै आसरा सुधार केन्द्र

64x64
नारायण अधिकारी आइतबार, असोज ७, २०८०  १९:०७
1140x725

काठमाडौं- गाँजा खाएर लठ्ठिएका युवा हुन् वा मदिरा सेवनले थर्थर कामेका व्यक्ति। सिरिन्ज, ट्याबलेट, एम्पुल, ह्वाइट, ब्राउन सुगर होस् वा अन्य कुनै प्रकारका ड्रग्स। यस्ता अनेकौं प्रकारका लागुऔषधको दुर्व्यसनमा फसेका व्यक्तिको पुनर्जीवनको आश बनेको छ- आसरा सुधार केन्द्र।

करिब ३ दशक लामो यात्रामा आसरा सुधार केन्द्रले धेरैलाई पुनर्जीवन दिएको छ। दुर्व्यसनले घर-परिवार नै डामाडोल भएकाहरु आसरा सुधार केन्द्रमा भर्ना भएपछि अहिले समाजका ‘रोलमोडल’ बनेर दुव्र्यसनविरुद्ध जनचेतना जगाउँदै हिँडेका छन्। कतिपय त सुधार केन्द्र सञ्चालन गरेर दुर्व्यसनीको उपचार गराइरहेका छन्।

आसरा सुधार केन्द्रले स्थापनाकालदेखि अहिलेसम्म ५ हजार ९०३ जनालाई पुनर्जीवन दिइसकेको छ। करिब ६ हजारलाई पुनर्जीवन दिइसकेको आसरा सुधार केन्द्रको जन्म भने अपराधसँग जोडिएको छ।

२०५४ सालको सुरुवातमै काठमाडौं उपत्यकामा अपराधको ग्राफमा एकाएक उकालो लाग्यो। अचम्मलाग्दो गरी बढेको आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा नेपाल प्रहरीले २७२ जना युवालाई पक्राउ गरेको थियो। त्यतिबेला पक्राउ परेका २७२ जना युवामाथि छानबिन गर्दा १११ जना लागुऔषध दुर्व्यसनमा फसेको पाइयो।

दुर्व्यसनमा फसेका युवाहरुलाई उपचारात्मक तथा सुधारात्मक उपायबाट असल तथा सभ्य नागरिक बनाउने लक्ष्य लिई नेपाल प्रहरीले २०५४ असार १ गते ‘लागुऔषध दुव्र्यसनी सुधार शिविर’ स्थापना गरी काम सुरु गरेको थियो। त्यतिबेला नेपाल प्रहरीले तीन महिनासम्म निःशुल्क शिविर चलाई दुव्र्यसनमा फसेका युवाहरुको उपचार गरेको थियो। यसरी अपराधको बढ्दो ग्राफसँगै जन्मिएको आसरा सुधार केन्द्रले अहिलेसम्म करिब ६ हजार जनालाई उपचार गराइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुवेर कडायतले बताए।

‘अपराध बढ्नुका विभिन्न कारणमध्ये एउटा कारण लागुऔषध पनि हो। जब मान्छे दुव्र्यसनमा फस्छ, त्यसपछि दुर्व्यसनसँगै जोडिएर आर्थिक तथा सामाजिक अपराध हुन्छन्। अपराधको न्यूनीकरण र देशको सामाजिक तथा आर्थिक अवस्थामा सुधारको उद्देश्यसहित आसरा सुधार केन्द्रले स्थापनाकालदेखि काम गरिरहेको छ,’ प्रवक्ता तथा डीआईजी कडायत भन्छन्।

त्यतिबेला नेपाल प्रहरीले अन्य शान्ति सुरक्षाको काम पनि गर्नुपर्ने भन्दै शिविर सञ्चालनको जिम्मा नेपाल प्रहरीको श्रीमती संघलाई दिइएको थियो। त्यसबेलादेखि नै अहिलेसम्म नेपाल प्रहरीको श्रीमती संघकी अध्यक्ष नै आसरा सुधार केन्द्रको अध्यक्ष हुने व्यवस्था छ। अहिलेसम्म आसरा सुधार केन्द्रको सञ्चालन तथा सुपरिवेक्षण श्रीमती संघमार्फत हुँदै आएको छ।

सुरुमा तीन महिनासम्म सञ्चालन गरिएको त्यही शिविरको नाम परिवर्तन गरी पछि आसरा सुधार केन्द्रको नाममा अहिलेसम्म निरन्तर सञ्चालनमा छ।
यो केन्द्र पछि एक मुनाफारहित गैरसरकारी संस्थाको रुपमा २०५५ साल माघ १९ गते संस्था दर्ता ऐन २०३४ अनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो। २०५७ माघ ३ गतेदेखि भने समाज कल्याण परिषद्मा, २०६९ साउन ११ गते गृह मन्त्रालयमा सूचीकृत र २०७३ वैशाख २ गते गृह मन्त्रालयमा आवद्ध भई सेवा प्रदान गर्दै आएको छ। 

Ncell 2
Ncell 2

एमबीबीएस अध्ययनरतसहित ६ हजारको उपचार
स्थापनाकालदेखि अहिलेसम्म ५ हजार ९०३ जनालाई उपचार गराएको आसरा सुधार केन्द्रका प्रमुख तथा इन्स्पेक्टर सरोज लम्साल बताउँछन्। आर्थिक वर्ष २०५४/५५ मा १५२ जनालाई उपचार गराइएको थियो। आर्थिक वर्ष २०५५/५६ मा भने १५७ जनालाई उपचार गराइयो।

त्यसपछि क्रमशः यो संख्या बढ्दै गएको देखिन्छ। अहिलेसम्म आइपुग्दा भने करिब ६ हजार जनाले उपचार गराई पुनर्जीवन पाएका छन्। पछिल्लो एक दशकको अवस्था हेर्ने हो भने आर्थिक वर्ष २०७०/७१ मा २५० जना, आर्थिक वर्ष २०७१/७२ मा २५८ जना, आर्थिक वर्ष २०७२/७३ मा २४६ जना, आर्थिक वर्ष २०७३/७४ मा २५६ जना, आर्थिक वर्ष २०७४/७५ मा २८४ जनालाई उपचार गराइएको तथ्यांक आसरा सुधार केन्द्रसँग छ।

त्यसैगरी आर्थिक वर्ष २०७५/७६ मा २८० जना, आर्थिक २०७६/७७ मा २५८, आर्थिक वर्ष २०७७/७८ मा ३६१, आर्थिक वर्ष २०७८/७९ मा ३८४ र आर्थिक वर्ष २०७९/८० मा ३३४ र चालु आर्थिक वर्षको अहिलेसम्म २५ जना भर्ना भएर उपचार गराइरहेका छन्। 

जहाँ एमबीबीएस अध्ययनरत व्यक्ति समेत दुर्व्यसनमा फसेर उपचार गराइएको रेकर्ड आसरा सुधार केन्द्रसँग छ। अहिलेसम्म एमबीबीएस अध्ययनरत १२ जनालाई उपचार गराएर पठाइएको सुधार केन्द्रका प्रमुख इन्स्पेक्टर लम्सालले बताए।

त्यसैगरी स्नातकोत्तर पास गरेका ९३ जना, स्नातक तह पास परेका ४९९ जना, स्नाताक स्तरकै ब्याचलर अफ इन्जिनियरिङ पास गरेका ४५ जनालाई यस सुधार केन्द्रले उपचार गराएर पठाएको छ।

त्यसैगरी प्लस टु, एसईई तथा सधारण लेखपढका युवाहरु सबैभन्दा बढी दुर्व्यसनमा फसेको रेकर्ड केन्द्रसँग छ।

यसरी हुन्छ उपचार
सुधार केन्द्रमा इन्स्पेक्टरको कमाण्डमा ३९ प्रहरी कर्मचारी खटिएका छन्। १० जना परामर्शदाता, एक जना सहायक रोलमोडल, तीन जना भोलन्टियरले काम गर्छन्। यो सुधार केन्द्रले एक पटकमा १२० जनासम्म उपचार गर्न सक्ने क्षमता राख्छ। 

यसमा भर्ना हुनका लागि परामर्शदाताले व्यक्ति र परिवारसँग परामर्श लिएपछि केन्द्रको नियम अनुक@ल भएमा मात्र भर्ना लिन्छ। रिक्त कोटा भएमा प्रतीक्षा सूची अनुसार थप भर्ना गरिन्छ।

लागुऔषधबाट पूर्ण रुपमा मुक्त हुने समय उपचाररत सदस्यहरुको शारीरिक, मानसिक र पारिवारिक अवस्था आदिमा भर पर्ने हुन्छ। केन्द्रले प्रारम्भिक सुधारको लागि ४ महिनाको समय तोकेको हुन्छ। त्यसैले भर्ना हुने व्यक्ति र परिवारको ४ महिनासम्म बस्ने र राख्ने इच्छा हुनुपर्छ। कुनै प्रकारको मानसिक र शारीरिक रुपले असक्षमलाइ भने भर्ना लिइँदैन। 

विभिन्न शीर्षकमा गरेर चार महिनाको कुल खर्च ७८ हजार ५ सय रुपैयाँसम्म लाग्छ। त्यसमा आवास खाना, अध्ययन वापत ७० हजार, सामान्य औषध उपचारका लागि २ हजार ४ सय ५०, मर्मत तथा सुधारका लागि १ हजार पोशाक र फुटकर शीर्षकमा ४ हजार ५० रुपैयाँ, पत्रपत्रिका तथा मनोरन्जन शीर्षकमा ५ हजार गरी ७८ हजार ५ सय रुपैयाँ खर्च लाग्छ। चार महिनाभन्दा बढी राख्नु पर्ने भएमा प्रत्येक महिनाको मासिक साढे १७ हजार रुपैयाँका दरले लाग्ने आसरा सुधार केन्द्रले जनाएको छ।

भर्ना भएपछि १ महिनासम्म परिवार तथा कसैसँग पनि भेटघाट गर्न दिइँदैन। एक महिनापछि भने प्रत्येक आइतबार १२ बजेदेखि ४ बजेसम्म भेटघाट गर्नको लागि समय दिइन्छ। सुधार केन्द्रमा जिम, क्यारेम बोर्ड, भलिबल लगायत खेलहरु पनि खेलाइन्छ। केन्द्रले पारिवारिक परामर्श कक्षा प्रत्येक हप्ताको आइतबार सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
आज धान्यपूर्णिमा, नेवार समुदायको योमरी पुन्हि, किरात उधौली मनाउँदै सनातन समाजमा यो पर्धावन्य पूर्णिमाका रूपमा चिनिन्छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा  छ। यो दिन धानको भ... बिहीबार, मंसिर १८, २०८२
आज अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस अपाङ्गता भएका व्यक्तिलाई कार्यालय, विद्यालय, सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिर, सरकारी र सार्वजनिक एवम निजी संरचना आदिमा उ... बुधबार, मंसिर १७, २०८२
आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस प्रवासी तथा असुरक्षित श्रमिकहरूलाई घरेलु काम, निर्माण, कृषि, वस्त्र उद्योगदेखि यौन क्षेत्रसम्म विभिन्न आर्थिक शोषणमा लगाइने गरेको पा... मंगलबार, मंसिर १६, २०८२
ताजा समाचारसबै
रास्वपा सचिवालय बैठक : समानुपातिकमा छुटेका आकाङ्क्षीलाई पुनः अवसर बुधबार, पुस ९, २०८२
राप्रपा र राप्रपा नेपालबीच फेरि एकताको सहमति, लिङ्देन र थापाबीच अंकमाल बुधबार, पुस ९, २०८२
राप्रपा र राप्रपा नेपालबिच एकता गर्ने सहमति बुधबार, पुस ९, २०८२
प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने काँग्रेसको निर्णय बुधबार, पुस ९, २०८२
वडा र क्षेत्रपछि केन्द्रीय महाधिवेशन गर्न काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
रवि र बालेनबीच ६ घण्टा लामो छलफलमा के के भयो? मंगलबार, पुस ८, २०८२
जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलायो मंगलबार, पुस ८, २०८२
सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्