काठमाडाैं- पछिल्लो समय निकै चर्चामा बटुलेकाे ‘धोकेबाज हौ तिमी’की गायिक एलिना चौहानको अर्को धोकेबाज गीत सार्वजनिक भएको छ। ‘धोकामा छ मन’ हुकलाइन रहेको गीतमा एलिनाको आवाज सुन्न सकिन्छ भने शब्द संगीत भाष्कर श्रेष्ठको रहेको छ।
करियरको सुरवाती बिन्दुमा युगल गीत ‘के माया लाग्छ’बाट धेरै चर्चा बटुलेकी एलिनाका गीतले चर्चामा रहने गरेका छन्। केही समयअघि ‘धोकेबाज हौ तिमी’ले युवा पस्ता धेरै नै आकर्षित भएका थिए।
नयाँ गीत ‘धोकामा छ मन’ गीतमा विषेश भूमिका गायक प्रताप दास पनि देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।