काठमाडौं– फिल्म ‘प्रकाशलाई राष्ट्रिय चलचित्र पुरस्कार-२०८० मा सर्वोत्कृष्ट फिल्मको घोषणा गरेर जुरीले पठाए पनि चलचित्र विकास बोर्डबाट सूची हटाइएको खबर चर्चामा थियो।
फिल्मका निर्देशक दिनेश राउत तथा लेखक विकास सुवेदीले उच्च अदालत पाटनमा चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर रिट दायर गरेका छन्। रिटमा सक्कल प्रति झिकाउनुपर्ने र कारण देखाउन भन्दै परमादेशको माग गरिएको छ।
गत १२ भदौमा राष्ट्रपति भवनमा विभिन्न विधामा चलचित्र तथा चलचित्रकर्मीलाई पुरस्कृत गरिएको थियो। तर यसपटक सर्वश्रेष्ठ फिल्मको विधा पनि खाली थियो।
जुरीका एक सदस्यले ‘प्रकाश’लाई सर्वश्रेष्ठ फिल्म निर्णय गरेर पठाए पनि पछि बोर्डमा पुगेपछि हटाइएको खुलासा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।