काठमाडौं- नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। शुक्रबार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६५ पैसा र बिक्री दर १३३ रुपैयाँ २५ पैसा तोकेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ २६ पैसा र बिक्री दर १४१ रुपैयाँ ९० पैसा रहेको छ।
यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ १७ पैसा र बिक्री दर १६३ रुपैयाँ ९० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी अष्ट्रेलियन डर एकको खरिद दर ८५ रुपैयाँ ३ पैसा र बिक्री दर ८५ रुपैयाँ ४१ पैसा कायम भएको छ। क्यानेडियन डलर भने एकको खरिद दर ९८ रुपैयाँ २२ पैसा र बिक्री दर ९८ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
![Capture-221695345975.jpg](https://nepallive.net/uploads/posts/Capture-221695345975.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।