कोलम्बो– विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले श्रीलङ्कालाई रुबेला मुक्त देश घोषणा गरेको छ।
मुलुकलाई रुबेलामुक्त घोषणा गराउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरिएको स्वास्थ्य मन्त्रालयका सञ्चार सचिव निपुन एकनायकेले बिहीबार जानकारी दिए।
श्रीलङ्कालाई रुबेलामुक्त देश घोषणा गरिएको प्रमाणपत्र डब्लूएचओका क्षेत्रीय निर्देशक पुनम क्षेत्रपाल सिंहले श्रीलङ्काका स्वास्थ्यमन्त्री रजिथा सेनारत्नेलाई हस्तान्तरण गरेका थिए।
श्रीलङ्कालाई मलेरिया अर्थात् सितज्वरो मुक्त देशको रूपमा भने सन् २०१५ मै घोषणा गरिएको थियो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।