काठमाडौं- विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रिएका शिक्षकहरूले आन्दोलनका दोस्रो दिन बिहीबार माइतीघर-नयाँबानेश्वर सडक किनारमा भएका बोटबिरुवा भाँचेका छन्।
एक दशकअघि सार्क शिखर सम्मेलनताका हरियाली प्रवर्द्धनअन्तर्गत रोपिएका बिरुवा आन्दोलनका क्रममा केही शिक्षकले उखेलेका हुन्। आन्दोलनका क्रममा दुबो पनि नास भएको छ।
शिक्षक आन्दोलनका क्रममा बोटबिरुवामा क्षति पुगेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रकृतिवादीको कविता सम्झिएका छन्। क्षति पुगेको सडक किनारको तस्बिर राख्दै उनले देवकोटाको ‘नटिप्नु हेर कोपिला, नचुड्नु पाप लाग्दछ’ कविता सम्झिएका हुन्।
उक्त सडक किनारमा रोपिएका बोटबिरुवा र दुबोको महानगरपालिकाको वातावरण विभागले संरक्षण गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।