काठमाडौं- सर्वोच्च अदालतले नेपाली शब्दकोषबाट ॐ शब्द हटाउने निर्णय विरुद्ध दायर भएको रिटमा एमिकस क्युरी मगाएको छ। सर्वोच्चले यसको व्याख्याका लागि सहयोग आवश्यक देखिएको भन्दै भाषा र कानुनी दक्षता भएको व्यक्ति समावेश गरी एमिकस क्युरी पठाउन नेपाल बारको नाममा आदेश गरेको हो।
अधिवक्ता भद्रप्रसाद नेपाल समेतले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश गरेको हो। न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले बिहीबार यस्तो अदोश गरेको हो।
नेपाली भाषा, संस्कृति, परम्परा अन्त्य गर्न विदेशी षडयन्त्रबाट उक्त शब्द झिकिएको दाबीसहित रिट दायर गरिएको थियो। उक्त रिटमा कम्तीमा तीन जना एमिकस क्युरी पठाउन सर्वोच्चले भनेको हो।
अब सर्वोच्चको आदेशपछि बारले एमिकस क्युरीमा रहने व्यक्तिहरुको नाम पठाउनेछ। एमिकस क्युरीमा संवैधानिक ज्ञान र विषय विज्ञहरुलाई मनोनित गरेर पठाउने चलन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।